धनकुटा प्रेस सम्वाददाता
धनकुटा/आगामी अशोज १६ गते विहिवारका दिन अर्थात विजया दशमी (वडादशैं) को दिन धनकुटा नगरपालिका वडा नं.७ स्थित् झुण्डुवा डाँडा चुलिबनमा रहेको साँस्कृतिक सहिद रिदामाहाँङ्ग आठपहरिया र रामालिहाङ्ग आठपहरियाको स्मृतिमा सम्मान स्वरुप श्रद्धाञ्जली सभा आयोजना हुने भएको छ । श्रद्धाञ्जली सभा किराँत आठपहरिया समाज धनकुटाका पुर्व केन्द्रिय अध्यक्ष, साँस्कृतिक अभियान्ता एवं पहिचानवादी नेतृ सरकुमारी आठपहरियाको संयोजकत्वमा हुने भएको छ ।
दर्शै मनाउन ईन्कार गरेको कारण झूण्डाएर मारिएका सहिदद्धय राम्लिहाँग र रिदामाहाँङ्गको १५९ औं स्मृति दिवस तथा दशैं र आदिवासी विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिने संयोजक सरकुमारी आठपहरियाले बताईन । दशैं परित्याग तथा मौलिक चाड संचेतना मन्चका पदाधिकारीहरु एवं साँस्कृतिक अभियान्ताहरु निमा पङ्गसुवा सिसावा, अमित थेवे, आठपहरिया अगुवाहरु लगायत अभियान्ताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा धनकुटा नगरका विभिन्न एकल जातिय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको पनि भेला रहने जनाइएको छ ।
वि.सं.१९६७ मा तत्कालिन राणा शासकले सहिद रामालिहाङ्ग आठपहरिया र रादामाहाङ्ग आठपहरियालाई धनकुटामा दशैं मान्न अस्विकार गर्दा धनकुटा–७ स्थित् झुण्डिुवा डाँडा चुलिबनमा लगेर हत्या गरेका थिए । तिनै साँस्कृतिक सहिदहरुको सम्झनामा हरेक वर्ष किराँत आठपहरिया समाज धनकुटाको संयोजनमा प्रदेश नं.१ का विभिन्न जिल्लाबाट साँस्कृतिक अभियान्ताहरु आएर श्रद्धाञ्जली सभा आयोजना गर्दै आएका छन् ।
- dhankutapress