Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

पुर्वमा म्हेन्दोमाया र घोडचढी नृत्य प्रबद्र्धन कार्यक्रम

  •   ९ महिना अघि | २१ माघ २०८२, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

इटहरी/नेपाल तामाङ घेदुङ संघीय समितिले तामाङ बाहुल्य रहेको रसुवा, नुवाकोट र धादिङ्ग जिल्लामा नाचिने म्हेन्दोमाया र घोडचढी नृत्यको प्रवद्र्धन गर्ने उदेश्यले प्र्रदेश नं.१ मा प्रशिक्षणात्मक कार्यक्रम अघि सारेको छ । 

नेपाल तामाङ घेदुङ संघीय समितिको आयोजना र इटहरी उप–महानगर घेदुङको व्यवस्थापनमा म्हेन्दोमाया र घोडचढी नृत्यको प्रवद्र्धन कार्यक्रम सोमवार इटहरीमा सम्पन्न भएको छ । प्रदेस नं.१ को धनकुटा, तेह्रथुम, झापा, मोरङ्ग, सुनसरी, उदयपुर लगायतका जिल्लाहरुबाट तामाङ अगुवाहरुको म्हेन्दोमाया र घोडचढी नृत्यको प्रवद्र्धन कार्यक्रममा सहभागीता रहेको थियो । नेपाल तामाङ घेदुङ संघीय समितिका अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न म्हेन्दोमाया र घोडचढी नृत्यको प्रवद्र्धन कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा म्हेन्दोमाया समाज नेपालका अध्यक्ष बिगेन्द्रसिं वाईबा तामाङले सहजिकरण गरेका थिए । उनले प्रशिक्षण कार्यक्रममा म्हेन्दोमाया के हो, म्हेन्दोमाया गीतको उत्पति, म्हेन्दोमाया शब्दको उत्पति, बिस्तार, चुनौति, ऐतिहासिक सन्दर्भ, सामाजिक सन्दर्भ, भाषिक महत्व, सामाजिक सन्दर्भ, म्हेन्दोमाया गीतको ढाँचा, प्रकार संङ्गीत, गीतको संरचना, म्हानेदोरा गीतको महत्व र घोडाचढी नृत्यको बारेमा जानकारी दिएका थिए ।कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले काठमाण्डौ वरिपरिको जिल्लाहरुमा मात्र केन्द्रित रहेको म्हेन्दोमाया नृत्य र ऐतिहासिक घोडाचढी नृत्यलाई प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । उनले भने–‘म्हेन्दोमाया गीत, नृत्य र घोडाचढी नृत्यले तामाङ जातिको इतिहास र सिङ्गो तामाङ समाजलाई जिवित राख्न मद्धत पुग्न ।‘ त्यसैकारणले म्हेन्दोमाया र घोडाचढी नृत्यको महत्व दर्शाउन पुर्वका तामाङ गाउँवस्तीहरुमा पनि आवश्यक छ भनेर कार्यक्रम ल्याएको अध्यक्ष गोलेले स्पष्ट पारे । उनले यस्तै खाले कार्यक्रम ४ नम्वर प्रदेशको पोखरामा पनि आगामी माघ २३ गते आयोजना गर्ने बताएका छन् । नेपाल तामाङ घेदुङ संघीय समितिका उपाध्यक्ष मानवहादुर तामाङले कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए भने संचालन कोषाध्यक्ष रुप योन्जनले गरेका थिए । कार्यक्रममा घेदुङ्गका संरक्षक सदस्य लक्ष्मण मोक्तान, संघीय सदस्यहरु शान्ता मोक्तान, देवराज ग्यावा प्रदेश नं.१ का अध्यक्ष रेखवहादुर घिसिङ, जिल्ला अध्यक्षहरु एवं पदाधिकारी, पालिका स्तरका संगठनका अध्यक्ष एवं पदाधिकारीहरु, तम्वा संघ प्रदेश नं.१ का अध्यक्ष पदम ग्यावा तामाङ, फोनिज प्रदेश नं.१ का अध्यक्ष सन्तवीर मोक्तान लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम सम्पन्न गर्न आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरले आर्थिक सहयोग गरेको छ ।   


  • dhankutapress

थप