Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

मुक्कुम्लुङमा केबलकार योजना खारेज गर्न याक्थुङ युथ एसोसिएसनको माग

  •   २ वर्ष अघि | १६ फाल्गुन २०८१, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

काठमाडौं/ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्कुम्लुङ पाथिभरा क्षेत्रमा निर्माणाधीन केबलकार योजना तत्काल खारेज गर्न याक्थुङ युथ एसोसिएसनले माग गरेको छ ।  एसोसिएसनले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय आदिवासी याक्थुङ समुदायको पवित्र स्थलको रुपमा रहेको मुक्कुम्लुङ पाथिभराको मौलिकता जोगाउन केबलकार निर्माणको योजना तत्काल खारेज खारेज गर्न माग गरेको हो । गत शनिवार ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारमा नो केबलकार पक्षको निकालेको राँके जुलुसमा प्रहरीले चरम दमन गरेपछि  उत्पन्न परिस्थितिप्रति याक्थुङ युथ एसोसिएसनको गम्भीर ध्यानाकर्षण जनाएको छ ।

संस्थाका अध्यक्ष भीम कुमार सेनेहाङद्वारा जारी प्रेस विज्ञप्तिमा मुक्कुम्लुङ पाथिभराको पहिचान र संरक्षणलाई ध्यानमा राखी सहअस्तित्वको आधारमा समाधान खोज्न सम्बन्धित सबै पक्षलाई अपिल गरिएको छ । साथै, यस विषयलाई लिएर पछिल्लो समय राज्यले प्रदर्शनकारीमाथि गरेको दमन र धरपकडको घोर भत्सर्ना गरिएको छ । 

शनिबार बेलुकी फुङलिङ बजारमा केबलकारको विरोधमा भएको प्रदर्शनका क्रममा झडप भएपछि प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । विज्ञप्तिमा सो निषेधाज्ञाले स्थानीय बासिन्दालाई थप चिन्तित बनाएको उल्लेख गर्दै ताप्लेजुङको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु सबैको जिम्मेवारी रहेको जनाइएको छ । 

याक्थुङ युथ एसोसिएसनले मुक्कुम्लुङ पाथिभराको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई ख्याल गर्दै सहअस्तित्वमा आधारित समाधान खोज्न आग्रह गरेको छ । साथै, स्थानीय युवाहरूको साझा माग पहिचानको सम्बद्र्धन र विकास भएकाले यसलाई बलपूर्वक दमन गर्न नहुने स्पष्ट पारिएको छ । 

विज्ञप्तिमा मुक्कुम्लुङ पाथिभरा क्षेत्रमा पटक–पटक भएका झडप, धरपकड र विवादका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको उपचारमा कुनै कसर बाँकी नराख्न नेपाल सरकार र सम्बन्धित निकायसँग अनुरोध गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित उपचारको व्यवस्था गर्न माग गरिएको छ । 

अध्यक्ष सेनेहाङले मुक्कुम्लुङ पाथिभरा मन्दिर क्षेत्रको धार्मिक र सांस्कृतिक महत्त्वलाई ख्याल गर्दै आगामी दिनमा यस्तो विवाद दोहोरिन नदिन वार्ता र छलफलमार्फत सहमति खोज्न सबै पक्षलाई अनुरोध गरेको छ ।

  • dhankutapress

थप