धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा यस वर्ष पनि अघिल्लो वर्ष झै आठपहरिया समुदायको मंसिरे चाड वाडाङ्गमेटको अवसर पारेर धनकुटा नगरपालिका वडा नं.५ तल्लो कोप्चेमा वाडाङ्गमेट कोप्चे फष्टिबल हुने भएको छ । धनकुटा नगरपालिकाले वुधवार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।
धनकुटा नगरपािलका, आठपहरिया समाज र कोप्चे सम्पदा पुनः जागरण अभियानको संयुक्त आयोजनामा विहिबारबाट फेष्टिबल शुरु हुन लागेको हो । सम्पदा पुनरुत्थान, मौलिक कला, साँस्कृतिक पहिचान र संरक्षण, स्थानिय स्तरमा पर्यटन प्रवद्र्धनका लागि कोप्चे फेष्टिबल आयोजना गर्न लागिएको हो । कार्यक्रमलाई धनकुटा नगरपालिका, नेपाल पर्यटन वोर्ड, इसिमोड, सामुदायिक घरवास कार्यक्रम, स्थानिय विभिन्न संघसंस्थाहरु र सिंङ्गो समुदायको प्रयासमा र सहयोगमा आयोजना हुन लागेको हो ।
फेष्टिबलमा स्थानिय मौलक खानाको परिकार, स्थानिय स्तरमा उत्पादन हुने कृषि उपजका वस्तुहरु, हस्तकलाका सामाग्रीहरु, परम्परगत पोषक, मातृभाषा र संस्कृतिक पहिचान झल्कने कला संस्कृतिको प्रदर्शनी गरिने छ । कात्तिक २५ गतेसम्म संचालन हुने फेष्टिबलमा धनकुटाका पुराना तस्बिरहरुको प्रदर्शनी, साँस्कृतिक प्रश्तुती र सुकुल सम्वाद समेत गरिने पत्रकार सम्मेलनमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिएका छन् ।
यो अभियानले दिगो विकासको लागि साझेदारी अन्तर्गत धनकुटाले विश्वमै जिम्मेवार पर्यटनको सन्देश फैलाउन अवसर मिल्ने नगर प्रमुख तामाङले बताए । उनल पर्यटन मनोरञ्जन मात्र होईन, यो जलवायू, संस्कृति र समुदायको समान्जस्यको माध्याम समेत सावित हुने बताए । पत्रकार सम्मेलनमा स्थानिय पत्रकारहरु र धनकुटा वाहिरका पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । सो अवसरमा इसिमोडकी पर्यटन विज्ञ डा.अनु लामाले इसिमोडले धनकुटामा पर्यटन प्रवद्र्धनको लागि संचालन गरिरहेको कार्यक्रमको वारेमा सहभागीलाई जानकारी गराएका थिए ।
- dhankutapress