Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

उत्तरपानी धर्मशाला होमस्टेमा ७ दिने डम्फू बजाउने तालिम शुरु

  •   ७ महिना अघि | १८ चैत्र २०८२, बुधबार

धनकुटा प्रेस सम्वाददाता

उत्तरपानी/धनकुटाको उत्तरपानी धर्मशाला सामुदायिक होमस्टेमा मौलिक संस्कृति मार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले ७ दिने डम्फू बजाउने तालिम वुधवार देखि शुरु भएको छ ।

उत्तरपानी धर्मशाला सामुदायिक होमस्ट संचालन समितिको आयोजनामा शुरु भएको ७ दिने डम्फू बजाउने तालिमममा होमस्टेमा आवद्ध ५ जना पुरुष सहित १७ जनाले भाग लिईरहेका छन् । तालिमको उद्धघाटन पाख्रीवास नगरपालिका वडा नं.९ का वडाध्यक्ष सम्झना आले मगरले गरेकी थिईन । तालिमको उद्धघाटन गर्दै अध्यक्ष आलेले भनिन्–‘तामाङ संस्कृतिलाई होमस्टे मार्फत प्रचार प्रसार गरेर होमस्टेमा पर्यटन भित्र्याउने पर्दछ ।‘ उनले तामाङको डम्फू सेलो र मगरको हुर्रा नाचलाई होमस्टेमा वडाको तर्फबाट प्रवद्र्धनका कार्यक्रम निरन्तर रुपमा अघि वढाउँदै आएको बताईन । त्यसैगरी यूवा समाजसेवी एवं नेपाल तामाङ घेदुङका पुर्व जिल्ला स–सचिव धनवहादुर मोक्तानले होमस्टेलाई पर्यटकको आकर्षण केन्द्र बनाउन डम्फू सेलो कोसेढुङ्गा साबित हुने बताए । उनले होमस्टेमा आउने पर्यटकहरुलाई डम्फू सेलो मार्फत मनोरञ्जन दिलाएर अघि वढ्न सके तामाङ संस्कृतिले पनि आर्थिक उपार्जन गर्न सक्ने बताए । तालिमको सहजिकरण नेपाल तामाङ घेदुङका पुर्व जिल्ला सचिव एवं तामाङ पत्रकार संघ १ नम्बर प्रदेशका संस्थापक अध्यक्ष सन्तवीर लामाले गरिरहेका छन् । तालिमको उद्धघाटन उत्तरपानी धर्मशाला सामुदायिक होमस्टे संचालक समितिका अध्यक्ष दिलु तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । 

  • dhankutapress

थप