धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
दमक/कलाकार एवं निर्देशक अनुप योञ्जन सम्मानित भएका छन् / उनलाई कोशी भिजन फिलिम्सले विहिवार दमक स्थित डि माक्स हलमा नेपाली कथानक चलचित्र चारदामको बिशेष शो को उपलक्ष्यमा सम्मान गरेको हो ।
अनुपसंगै नेपाल पत्रकार महा संघ झापाका सचिव एवं चलचित्र निर्देशक डिकेश लामा, कलाकार तथा मोडल शान्ति पाख्रिन लामा गुरुङ, कलाकार राज खिम्दिम लिम्बु र चलचित्रका प्राविधिक श्याम गिरि रहेका छन् । सम्मानित नेपाल पत्रकार महासंघ झापाका सचिव एवं चलचित्र निर्देशक डिकेस लामा तामाङ पत्रकार संघ १ नम्वर प्रदेस समितिका सल्लाहकार समेत रहेका छन् ।
अनुप कोशी भिजन फिलिम्स ब्यानरबाट निर्मित सगुन, अस्तित्वको लडाईमा मुख्य नायकको भूमिकामा रहेको र सोहि ब्यानरबाट निर्मित चलचित्र अभियानमा बिशेष भूमिका निभाएर उल्लेखनिय योगदान पुर्याएको भनि सस्थाका अधक्ष्य एवं निर्देशक लाखमान योञ्जनले उक्त कार्यक्रममा सम्मान गरेको हो ।
अनुपले पाच नेपाली फिलिममा कुशल अभिनय गरेका छन् उनको डेब्यु चलचित्र सिक्किमबाट निर्माणाधीन भएको नेपाली कथानक चलचित्र शास्त्र हो भने त्यसका अलवा उनले करिव ३ दर्जन जति म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् भने हाल उनि सर्ट मोभी र म्युजिक भिडियो निर्देशन गर्न ब्यस्त छन् अव भने छिट्टै नै आफ्नै होम प्रोडक्सन पिस ल्याम्प इन्टरटेनमेन्ट प्रा.लि.बाट नेपाली चलचित्र निर्माण र निर्देशन गर्ने तयारीमा छन् अनुपले त्यसको लागि चलचित्रको सम्पूर्ण स्क्रिप्ट तयारी भईरहेको बताए । योञ्जन तामाङ पत्रकार संघ मोरङ्ग शाखाको जिल्ला अध्यक्ष समेत रहेका छन् ।
- dhankutapress