Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

१० औं गोर्खा रारा गोल्डकपको उपाधी सिराहाको सलहेशलाइ

  •   ३ वर्ष अघि | २८ बैशाख २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन 

धनकुटा/सिराहाको सलहेश फुटलव क्लबले धनकुटाको राजारानीमा जारी  १० औं गोर्खा रारा गोल्डकपको उपाधी चुमेको छ ।  

    बिहिबार राजारानी स्थित् पुण्य माविको खेल मैदानमा सम्पन्न खेलमा सलहेशले धजकुटाको डाँडा बजार फुटबल क्लबलाइ ३–१ गोल अन्तरले पराजीत गर्दै उपाधि चुमेको हो । खेलको १५ औ मिनेटमा सलहेशको लागि फागुराम थारुले खाता खालेका थिए । ४० औ मिनेटमा डाँडा बजारको लागि निरज थापा मगरले बराबरी गोल गरे । ५९ औ मिनेटमा सलहेशको लागि समिर तामाङ्गले गोल थप्दै २–१ को अग्रता बनाएका थिए । खेलको ८६ औ मिनेटमा फागुरामले पुनः अर्को गोल थप्दा सलहेश ३–१ गोलले जित हाशिल गर्न सफल भयो । 

 उपाधिसंगै बिजेता टोलिले नगद ४ लाख रुपैया हात पारेको छ । उपबिजेताले भने २ लाखमा चित्त बुझाएको छ । खेलमा सलहेशका फागुराम थारु उत्कृष्ट खेलाडी घोसित भए । त्यस्तै सलहेशलकै निश्चल मोक्तान उत्कृष्ट गोलकिपर घोसित भए । यता उदयीमान खेलाडी भने डाँडा बजारका अर्जुन लिम्बु घोषित भए । गत २२ गते बाट सुरु भएको प्रतियोगितामा देशका बिभिन्न ८ क्लबको सहभागीता रहेको थियो ।

  • Dhankutapress

थप