धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा स्थित् भिमदल गणमा अन्तर वाहिनि वक्सिङ्ग तथा तेक्वान्दो पृतना पति ट्रफि प्रतियोगिता–०७९ सम्पन्न भएको छ ।
फागुण ७ गते देखि शुरु भएको दुवै प्रतियोगिताको फाईनल खेल मंगलवार भिमदल गण धनकुटामा सम्पन्न भएको हो । पुर्वि पृतना अन्तर वाहिनि प्रतियोगितामा वक्सिङ तर्फ १० गोल्ड मेडल जितेर २ नम्बर वाहिनि हिले धनकुटा प्रथम भएको छ । २ नम्वर वाहिनि अन्तर्गत विभिन्न सकल दर्जाका नेपाली सेनाका खेलाडीहरु पुरुष तर्फ पदम कुँवर, सुवास गुरुङ, प्रेम थापा, किसन वि.क., एम वहादुर जर्घा, उमेश लामा, खुमानसिंह राना, युवराज मगर, प्रविन चौधरी र महिला तर्फ विना लिम्वुले गोल्ड मेडल जितेका हुन् ।
त्यसैगरी प्रतियोगितामा १८ नं. वाहिनि उदयपुर गाइघाटले ४ गोल्ड मेडल जितेर दोश्रो भएको छ भने २१ नम्वर वाहिनि झापाले २ गोल्ड मेडल जितेर तेश्रो स्थानमा चित्त वुझाएको छ । १८ नं. वाहिनि अन्तर्गतका विभिन्न सकल दर्जाका नेपाली सेनाका खेलाडीहरु महिला तर्फका मनिता राई, मनिषा प्रधान, सवित्रा तामाङ र भिमकला राईले गोल्ड मेडल जितेका छन् भने २१ नम्वर वाहिनि अन्तर्गत महिला तर्फ नन्दकला खड्का र पुरष तर्फ गोविन्द तामाङले गोल्ड मेडल जितेका छन् ।
प्रतियोगिता पुरुष तर्फ ५० केजि तौल देखि माथि ८७ केजि तौल भन्दा माथिसम्म संचालन भएको थियो भने महिला तर्फ ४३ केजि तौल देखि माथि ६२ केजि भन्दा माथिसम्म संचालन भएको थियो ।
त्यसैगरी तेक्वान्दो प्रतियोगितामा २ नं. वाहिनि हिले र २१ नं. वाहिनि झापाले ७÷७ गोल्ड मेडल जितेर प्रथम भएका छन् । उक्त प्रतियोगितामा २ नं. बाहिनि हिले धनकुटाका विभिन्न सकल दर्जाका खेलाडीहरु महिला तर्फ अनु राई, स्मीता श्रेष्ठ, रक्षा धिमाल र पुरुष तर्फ ध्रुर्व कुमार ओली, घनश्याम दाहाल, प्रताप तामाङ र सन्जिव कोईरालाले गोल्ड मेडल जितेका छन् । त्यसैगरी २१ नम्वर बाहिनिका महिला तर्फ मनिषा श्रेष्ठ, सविना लुईटेल, निर्मला चौधरी र पुरुष तर्फ सुरेन्द्र सिंह कुवँर, भरत सिंं भण्डारी, रुपचन्द्र गिरी र कृष्ण दर्जीले गोल्ड मेडल जितेका छन् । उक्त प्रतियोगितामा १८ नं. बाहिनि उदयपुर गाईघाटले भने मेडल हात पार्न सकेन ।
प्रतियोगिताको औपचारिक समापन भने आगामी फागुण १२ गते शुक्रवार आयोजना गरेर विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने भिमदल गण सल्लेरी धनकुटाका निमित्त गणपति पुर्ण प्रजापतिले वताएका छन् । प्रतियोगितामा पुर्वि पृतना अन्तरगतका २ नं. वाहिनि हिले धनकुटा, २१ नंं. बाहिनि झापा र १८ नं. बाहिनि गाईघाट उदयपुरमा कार्यरत नेपाली सेनाका विभिन्न सकल दर्जाका खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको निर्णयकमा भूपाल घले (जुरी), रहेका थिए भने रेफ्रिहरु प्रताप तामाङ, स्मिता श्रेष्ठ, इन्द्र डेगु, भरतसिं भण्डारी लगायत रहेका थिए ।
नि.गणपति प्रजापतिका अनुसार नेपाली सेनाले एथ्लेटिक्स, सुटिङ, आर्चरी खेल प्रदर्शनी, पौडी, भलिवल, वास्केट वल, फुटवल, वक्सिङ्ग र तेक्वान्दो जस्ता प्रतियोगिता आयोजना गरेको वताए । नेपाली सेनामा भएका खेलाडीहरुलाई विभिन्न खेलमा दक्ष वनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी तयार गरी राष्ट्रलाई विश्व सामु चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको प्रजापतिले वताए ।
यस अघि वाहिनी पति ट्रफि प्रतियोगिता समापन भैसके पछि प्रितना पति ट्रफि प्रतियोगिता देशव्यापी रुपमा सम्पन्न भै रहेको छ । उक्त प्रतियोगिता सम्पन्न भैसकेका पछि प्रधान सेनापति ट्रफि प्रतियोगिता आयोजना हुनेछ । वि.सं.०६५ साल देखि शुरु भएको ‘प्रधान सेनापति ट्रफि’ का लािग विभिन्न विधामा प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा ४ सय ८६ नेपाली सेना भित्रका खेलाडीहरु पहिलो चरणमा सहभागी भएको भिमदल गण सल्लेरी धनकुटाले जनाएको छ ।
अन्य तस्विरहरु :


- Dhnakutapress