Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रदेश स्तरिय मेयर कप फुटवल प्रतियोगितामा प्रथम हुने टिमलाई धनकुटामा सम्मान

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/संखुवासभा जिल्लाको मुढेसन्सरेमा वुधवार सम्पन्न प्रदेश स्तरिय अन्तर नगरपालिका स्तरिय मेयर कप फुटवल प्रतियोगिता जितेर १ नम्वर प्रदेस मै प्रथम हुने धनकुटा नगरपालिकाको टिमलाई विहिवार एक समारोहको विच सम्मान गरिएको छ । 

धर्मदेवी नगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका स्तरिय फुटवल प्रतियोगितामा १ नम्वर प्रदेस मै धनकुटा नगरपालिकाको फुटवल टिम प्रथम भएको खुशियालीमा १ लाख नगद सहित खेलाडीहरुलाई खदा ओडाएर नगर प्रमुख चिन्तन तामाङले सम्मान गरेका हुन् । विजेता फुटवल टिमले संखुवासभा जिल्लामा गएर धनकुटा नगरपालिकाको नाम राख्न सफल भएको भन्दै नगर प्रमुख तामाङले नगद १ लाख सहित सम्मान गरेका हुन् ।

खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख तामाङले भने–‘यस्ता खाले कार्यक्रमले खेलकुद क्षेत्रमा लागेको युवा खेलाडीहरुको लागि हौसला र उत्तप्रेरणाको विषय वन्न सक्नेछ ।’ आगामी दिनमा पनि फुटवलको क्षेत्रमा हुने विभिन्न प्रतियोगितामा राम्रो प्रतिभा देखाएर खेल्न प्रेरणा मिलोस भन्दै नगर प्रमुख तामाङले शुभकामना व्यक्त गरे । उनले भने–‘खेलकुदको क्षेत्रमा नगरपालिकाले सक्दो सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि गर्नेछ ।

सो अवसरमा विजेता धनकुटा नगरपालिकाका फुटवल टिमका लिडर सुदिप उरावले संखुवासभाको मुढेसन्सरेमा आयोजना भएको फुटवल प्रतियोगितामा जितेर ल्याएको ट्रफी धनकुटा नगर प्रमुख चिन्तन तामाङलाई हस्तान्तरण गरेका थिए । टिम लिडर उरावले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ सम्पुर्ण नगरवासीको अभिभावक भएकाले नगरपालिकाको नाममा वितेर ल्याएको फुटवल प्रतियोगिताको ट्रफी हस्तान्तरण गरिएको वताए । ट्रफी हस्तान्तरण कार्यक्रममा फुटबल प्रतियोगितामा भाग लिएका सम्पुर्ण खेलाडीहरु सहभागी भएका थिए ।   


  • Dhnakutapress

थप