Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

क्रिकेट/डोरी तान संघ धनकुटाको प्रथम जिल्ला भेला सम्पन्न

क्रिकेट अध्यक्षमा दुर्गाराज रायमाझी र डोरी तान संघको अध्यक्षमा ध्रुर्व भट्टराई

  •   ३ वर्ष अघि | ३० बैशाख २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन 

धनकुटा/नेपाल क्रिकेट संघ धनकुटाको प्रथम जिल्ला भेला शुक्रवार सम्पन्न भएको छ ।  

जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष भोगेन्द्र थापाका अनुसार संघको विधान अनुसार धनकुटा जिल्लामा पहिलो पटक क्रिकेट संघको तदर्थ समिति गठन गरिएको छ । उनका अनुसार संघको तदर्थ समितिको जिल्ला अध्यक्षमा दुर्गाराज रायमाझी चयन भएका छन् । 

त्यसैगरी उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः अर्जुन संग्रौला, अभिनय राई र सुभद्रा राईलाई चयन गरिएको छ । त्यसैगरी १२ सदस्सीय जिल्ला संघको सदस्यहरुमा समिर श्रेष्ठ, सन्तोष थापा, खिलराज तामाङ, मनिषा मल्लिक, चन्द्र शंकर गाहा, सुवासध्वज लिम्वू र सिरज जोशी चयन भएका छन् । 

त्यसैगरी सो भेलाले जिल्ला डोरी तान संघ समेत गठन गरिएको छ । डोरी तान संघको अध्यक्षमा ध्रुर्व भट्टराई चयन भएका छन् । त्यसैगरी उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः वुद्ध थापा, उमेश उदास र सरस्वती राई चयन भएका छन् । 

नौ सदस्य डोरी तान संघको जिल्ला सदस्यहरुमा संजय लिम्वु, मनोज कार्की, अनिष राई, इन्दिरा लिम्वु र प्रविण भट्टराई चयन भएको खेलकुद विकास समिति धनकुटाका पुर्व अध्यक्ष भोगेन्द्र थापाले बताए । भेलामा जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज चाम्लिङ राई लगायतको उपस्थिति रहेको थियो ।

  • Dhankutapress

थप