Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा रोड रेसको उपाधी पुरुष तर्फ देवराज र महिलातर्फ सुनकला राईलाई

  •   ४ वर्ष अघि | १३ असोज २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा सम्पन्न रोड रेस दौड प्रतियोगिताको खुल्ला तर्फ देवराज बस्नेत र महिलातर्फ सुनकला राईले उपाधि जितेका छन् । 

विश्व मुटु दिवसको अवसर पारेर पूर्वप्रहरी संस्था धनकुटाले आयोजना गरेको खुल्ला रोड रेस दौड प्रतियोगितामा पुरुषतर्फ १५ किलोमिटरको दुरी १ घण्टा १ मिनेटमा पार गर्दै वस्नेत र महिलातर्फ ८ किलोमिटरको दुरी ५६ मिनेट ३७ सेकेण्डमा पार गर्दै सुनकलाले उपाधी जितेका हुन् । 

खुल्ला तर्फ उपाधि जितेका बस्नेतले नगद ३० हजार र महिला तर्फ उपाधि जितेकी राईले नगद १० हजार प्राप्त गरे । यस्तै खुल्ला तर्फ दोस्रो भएका सञ्जय श्रेष्ठले १ घण्टा २ मिनेट, तेस्रो भएका प्रताप खड्का १ घण्टा २ मिनेट ५६ सेकेन्ड र सान्त्वना भएका गोविन्द कार्कीले १ घण्टा ३ मिनेट ४१ सेकेण्ड र याङदेब राईले १ घण्टा ४ मिनेट ३२ सेकेण्डमा दुरी पार गरेका थिए । उनीहरुले क्रमश २० हजार, १० हजार, २ हजार ५ सय र २ हजार नगद जिते । 

यता महिला तर्फ दोस्रो भएकी रेनुका कार्की ५६ मिनेट ३६ सेकेण्ड र तेस्रो भएकी कल्पना राईले ५९ मिनेट ५४ सेकेण्डमा पुरा गरे । उनीहरुले क्रमश: नगद ७ हजार र ५ हजार हात पारेका छन् । 

पूर्व प्रहरी संस्था धनकुटाले आयोजना गरेको प्रतियोगितामा खुल्ला तर्फ ७८ जना र महिला तर्फ ९ जना धावकहरुको सहभागिता रहेका पूर्व प्रहरी संस्था धनकुटाका अध्यक्ष योगेन्द्र कार्कीले जानकारी दिए ।  संस्थाले गत वर्ष पनि खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो ।

पुरस्कार वितरण कार्यक्रममा धनकुटाका धावक डेविट खेवालाई सम्मान गरिएको छ । खेवाले यसअघि धरान धनकुटा ५ घण्टामा र काठमाण्डौ देखि धनकुटासम्म ५६ घण्टा ४७ मिनेट २९ सेकेन्डमा दौड पुरा गरेका थिए । विजयी प्रतियोगिहरुलाई तथा खेवालाई पाख्रिबास नगर प्रमुख ज्ञानबहादुर गुरुङ, पूर्व डिआइजी दिनेश अमात्य लगायतले पुरस्कार वितरण र सम्मान गरेका थिए । 

  • Dhankutapress

थप