Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

अन्तरपालिका स्तरिय फुटवल प्रतियोगीता धनकुटा, सहिदभूमी र चौविसे सेमीफाईनलमा

  •   ४ वर्ष अघि | २९ जेष्ठ २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा सनिवार देखी शुरु भएको अन्तरपालिका स्तरिय शहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटवल प्रतियोगीताको सेमीफाईनलमा धनकुटा, चौविसे र सहिदभूमी गाउँपालिकाको फुटवल टिम सेमीफाईनलमा पुगेको छ ।


शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको प्रतियोगीताको दोश्रो दिन भएको खेलको पहिलो खेलमा सहिदभूमी गाउँपालिकाले साँगुरीगढी गाउँपालिकाको फुटवल टिमलाई सुन्यको विरुद्ध १ गोलले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । आईतवार भएको दोश्रो खेलमा चौविसे गाउँपालिकाले पाख्रीवास नगरपालिकालाई सुन्यको विरुद्ध १ गोलले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको छ । 


सनिवार भएको उद्धघाटन खेलमा धनकुटा नगरपालिकाको फुटवल टिमले महालक्ष्मी नगरपालिका फुटवल टिमलाई सुन्यको विरुद्ध ८ गोल गरेर आफ्नो सेमीफाईनलको यात्रा पक्का गरेको थियो । सोमवार  हुने सेमिफाईनलमा पहिलो खेल धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाको फुटवल टिम विच हुनेछ भने दोश्रो खेल चौविसे गाउँपालिका र शहिदभूमी गाउँपालिकाको फुटवल टिम विच हुने आयोजकले जनाएको छ । 


  • Dhankutapress

थप