धनकुटा प्रेस अनलाईन
धनकुटा/एक नम्वर प्रदेकै प्रतिष्ठित सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १५ औ संस्करण वुधवार देखि सुरु भएको छ ।
धनकुटा स्थित् तल्लो टुडिखेलमा सञ्चालन भईरहेको फुटवल प्रतियोगिताको उद्घाटन खेलमा पेमा युवा क्लव विराटनगर बिजयी भएको छ । विराटनगरले आयोजक धनकुटालाइ ट्राइबेकरमा ४–२ को गोल अन्तरले पराजित गरेको हो । खेलको ३१ औ मिनेटमा ९ नम्बरका खेलाडी आकास राइले गोल गर्दै आयोजक धनकुटालाइ अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट पनि नबित्दै बिपक्षी पेमा यूवा क्लव विराटनगरका जर्सी नं.१३ का नाईजेरियन खेलाडी ओस्कारले ३६ औ मिनेटमा गोल गर्दै खेललाइ बराबरी बनाएका थिए ।
त्यस्तै दोश्रो हाफको ७७ औ मिनेटमा ओस्कारले पुनः अर्को गोल गर्दै आफ्नो टिमलाइ २–१ को अबस्थामा पुर्याए । तर, खेलको ८२ औ मिनेटमा आयोजकको तर्फवाट दिपेन शाक्यले गोल गर्दै खेल बराबरी बनाए । निर्धारीत समयमा खेल बराबरी भएपछि पेनाल्टी सुट आउटवाट निर्णय गरिएको थियो । ट्राइबेकरमा धनकुटाका दुइ खेलाडीले गरेको प्राहार पोष्ट वारिह गएपछि गोल हुन सकेन भने बिराटनगरका एक खेलाडीको प्रहार पोष्टमा गोल हुन सकेन । उद्धघाटन खेलको म्यान अफ दी म्याच पेमा युवा क्लव विराटनगरका जर्सी नम्वर ६ का कमल खवास घोषित भए । उनले नगद ४ हजार पुरस्कार पाए । विहिवारको खेल राष्ट्रिय जागृती क्लव इटहरी सुनसरी र झापा फुटवल क्लव विच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजक टिम र पेमा युवा क्लव विराटनगर, सहित प्लानिङ ब्वाईज क्लब काठमाण्डौ, कञ्चनजंगा फुटवल क्लव सिलगुडी भारत, राष्ट्रिय जागृती फुटवल क्लव सुनसरी, झापा फुटवल क्लव झापा, एपिएफ काठमाण्डौ र विरगञ्ज युनार्यटेड विरगञ्जको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र उप विजेताले २ लाख ५० हजार पाउने गोल्डकप आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिए ।
वि.सं.२०३० सालमा तत्कालिन राजा बिरेन्द्रलाई बम हानेका अभियोगमा पक्राउ परेका सहिद भिम नारायण श्रेष्ठलाई २०३५ सालमा मृत्युदण्ड दिएको थियो । सरकारले उनलाइ वि.सं.२०७३ सालमा सहिद घोषणा गरेको थियो ।
- Dhankutapress