सन्तवीर लामा
धनकुटा – धनकुटामा सम्पन्न जिल्ला स्तरीय वाइ वाइ डाइनामाइट ए डिभिजन सुपर लिगको उपाधि देउराली युवा क्लब धनकुटा ७ ले जितेको छ भने बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको उपाधि डाडाँबजार युवा क्लव साँगुरीगढी ५ ले जितेको छ ।
धनकुटा जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको उपविजेतामा ए डिभिजन तर्फ रारा समाज सेवा राजारानी र बी डिभिजन तर्फ सिंहदेवी युवा क्लव छथरजोरपाटी गा.पा.६ सिधुवा भएका छन ।
प्रतियोगितामा ए डिभिजन सुपर लिगको विजेता देउरालीले ४० हजार र ट्रफि र उपविजेता रारा समाज सेवाले २० हजार नगद र ट्रफि प्राप्त गरेका छन भने बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता डाडाँबजारले २५ हजार नगद र ट्रफि तथा उपविजेता सिधुवाले १२ हजार ५ सय नगद र ट्रफि हात पारेका छन ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना भएको प्रतियोगिताको समापनमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
ए डिभीजन सुपर लिगमा छ टीमको सहभागिता रहेको थियो भने बी डिभिजन नकआउट फुटबल प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो । धनकुटा फुटबल संघमा १७ टीम आवद्ध रहेकोमा बी डिभिजनमा रहेका भेडेटारको पाथिभरा युवा क्लव सहभागि नभएको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।
प्रतियोगितामा बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता डाडाँबजार ए डिभिजन सुपर लिगमा बढुवा भएको छ भने ए डिभिजन सुपर लिगको अन्तिम हुने मार्गादेवी युवा क्लब धनकुटा न.पा.–५ बी डिभिजनमा घटुवा भएको धनकुटा फुटबल संघका महासचिब गोपाल लिम्बूले जानकारी दिए ।
- dhankutapress