Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सन्दर्भ : तेश्रो चौबिसे रनिङ कप पुरुष तर्फ राजारानी र महिला तर्फ कुरुलेतेनपा बन्यो च्याम्पियन

  •   ५ वर्ष अघि | १० फाल्गुन २०७८, मङ्लबार

पञ्चमाया थिङ तामाङ

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/चौविसे गाउँपालिकाको राजारानीमा मंगलवार सम्पन्न तेश्रो चौविसे रनिङ कप प्रतियोगीताको उपाधी पुरुष तर्फ राजारानी फुटवल क्लव र महिला तर्फ कुरुलेतेनुपा फुटवल क्लवले उपाधी चुमेको छ । 

चौविसे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा राजारानीमा सम्पन्न वडा स्तरिय प्रतियोगीताको फाईनल खेलमा पुरुष तर्फ वडा नं.६ राजारानीले वडा नं.८ वसन्तटारलाई सुन्यको विरुद्ध ८ गोल गर्दै प्रथम उपाधी चुम्जन सफल भएको हो । जितसंगै वडा नं.६ ले ६० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको हो । त्यसैगरी दोश्रो स्थान विजेता वसन्तटारले ४० हजार नगद सहित मेडल, प्रमाणपत्रले चित्त वुझायो । 


त्यसैगरी महिला तर्फ चौविसे गाउँपालिका वडा नं.३ कुरुलेतेनुपाले वडा नं.१, ६ नम्वर वुधवारेलाई सुन्यको विरुद्ध १ गोल गरेर प्रथम चौविसे रनिङ कप फूटवल प्रतियोगीताको प्रथम उपाधी चुम्न सफल भएको हो । जितसंगै कुरुलेतेनुपा महिला फुटवल क्लवले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्न सफल भएको छ भने द्धितिय स्थान ल्याउन सफल हुने ६ नं.वुधवारे महिला फूटवल क्लवले नगद २० हजार मै चित्त वुझायो । 

पुरुष तर्फको प्रतियोगीतामा राजारानी फुटवल क्लवका जर्सी नं.१० का आशिष लिम्वुले ४ गोल, जर्सी नं.७ का किस्मत लिम्वुले २ गोल, जर्सी नं.११ का गीतल १ गोल र जर्सी नं.२ का चुवी लिम्वुले पेनाल्टी मार्फत १ गोल गरेर आफ्नो टिमलाई सुन्यको विरुद्ध ८ गोले गरेर विजयी वनाएका थिए । महिला तर्फको प्रतियोगीतामा कुरुलेतेनुपा फुटवल क्लवका सिता लिम्वुले १ गोले गरेर आफ्नो टिमलाई विजयी वनाएका थिए । 


रारा फुटवल क्लवको स्थानिय व्यवस्थापनमा सम्पन्न भएको प्रतियोगीता गएको फागुण ७ गते देखी चौविसेको राजारानीमा आयोजना गरिएको थियो । प्रतियोगीतामा विजयी खेलाडीहरुलाई प्रतियोगीताको प्रमुख अतिथि प्रदेश नं.१ प्रदेश सभा सदस्य निरन राई, विशेष अतिथि प्रदेश सभा सदस्य विना देवी राई, गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञ कुमारी रुचाल, प्रमुख प्रशासकिय अधिकृत जितमान जिमी, पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेशका अध्यक्ष सन्तवीर लामा, खेलकुल विकास समिति चौविसेका उपाध्यक्ष धनवहादुर लिम्वु लगायतले नगद पुरस्कार, ट्रफी मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । 

प्रतियोगीतामा चौविसे गाउँपालिकाको ८ वटै वडाबाट पुरुष र महिलाको छट्टा, छुट्टै टिमले भाग लिएका थिए । 

 

  • dhankutapress

थप