Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट

  •   ४ वर्ष अघि | ३ चैत्र २०७९, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

काठमाण्डौं/आइसीसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गत विहिबार काठमाण्डौंमा सम्पन्न अन्तिम खेलमा नाटकीय तवरले पराजित गर्दै नेपालले आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर प्राप्त गरेको छ ।

आजको खेललाई नेपाली क्रिकेट इतिहासकै सवैभन्दा महत्वपूर्ण र उच्चकोटीको मान्यता प्राप्त हो भन्दै अन्तर्राष्ट्रीय संचारमाध्यमहरूले आइसीसीको हवलादिदै नेपाली खेलाडीको प्रशंसा गरेका छन् ।

कुशल भुर्तेल, भीम सार्की, आरिफ सेख र गुल्सन झाले अर्धसतक बनाउदा ३९ अंक जोडेको नामिबियालाई पछि पार्दै नेपाली क्रिकेट टिम ४० अंकसहित विश्वकपको छनोटमा प्रवेश गर्न सफल भएको हो ।

खराब मौसमका कारण खेल पुरा हुन नसकेपछि डिएलएस मेथडका आधारमा नेपालले युएइविरूद्ध ९ रनको जीत निकालेको थियो । रेफ्रिले खेल रोकेर विजय घोषणा गर्दाताका नेपाले ४४ ओभरमा ६ विकेट गुमाउदै २६९ रन जोडेको थियो भने युएइले पुरै ५० ओभर खेल्दा ६ विकेटको क्षतिमा ३१० रन जोडेको थियो ।

नत्र नेपाललाई खेल जित्नका लागि ६ ओभरमा ४२ रन बनाउनुपर्ने बाध्यता रहन्थ्यो ।

  • Dhnakutapress

थप