Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा रोड रेस १५ किलोमिटर प्रतियोगिता हुने

खुल्ला तर्फ प्रथम पुरस्कार ३० हजार

  •   ४ वर्ष अघि | २७ भदौ २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/विश्व मुटुरोग दिवशको अवसरमा धनकुटामा रोड रेस १५ किलो मिटर खुल्ला (दौड) प्रतियोगिता हुने भएको छ । 

‘मध्यपान, ध्रुम्रपान त्यागौं, स्वास्थ्य रहौं, मुटु वचाउँ’ भन्ने मुल नाराको साथ आयोजना हुन लागेको रोड रेस १५ किलो मिटर दौड प्रतियोगिता आगामी अशोज १३ गते विश्व मुटु रोग दिवशको अवसरमा धनकुटामा हुने भएको छ । प्रतियोगिता आयोजक पुर्व प्रहरी संस्था धनकुटाले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । 

पत्रकार सम्ेमलनमा दिइएको जानकारी अनुसार खुल्ला प्रतियोगिता तर्फ प्रथम हुनेलाई ३० हजार, द्धितिय हुनेलाई २० हजार, तेश्रो हुनेलाई १० हजार ,चौथो र पाँचौं हुनेलाई सान्तवन्ना पुरस्कार प्रदान गरिनेछ । त्यसैगरि महिला खुल्ला तर्फ ८ किलोमिटर रोड रेस प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार र तेश्रो हुनेलाई ५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा ४० वर्ष माथिका १ जना प्रथम हुने प्रतियोगीलाई पनि पुरस्कार प्रदान गरिनेछ । 

दौड आयोजक पुर्व प्रहरी संस्थाले ०७८ सालमा विश्व मुटु रोग दिवशको अवसरमा पहिलो पटक धनकुटमा ४ किलो मिटर खुल्ला दौड प्रतियोगिता आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उक्त प्रयिोगितामा ४२ जनाले भाग लिएका थिए । यस पटक भने १ सय भन्दा वढी प्रतियोगीले भाग लिने आयोजक संस्थाले आशा गरेको छ । 

प्रतियोगितामा आयोजक संस्थाले ५५ हजार र वाँकी धनकुटाका स्थानिय तह र सामाजिक संघ संस्थाको सहयोगमा ३ लाख ५० हजार आर्थिक संकलन गरिएको जानकारी दिइएको छ । प्रतियोगितामा १५ वर्ष मुनिकाले भाग लिन पाईने छैन । 

पुर्व प्रहरी संस्था धनकुटाका अध्यक्ष योगेन्द्र कार्कीको अध्यक्षतमा सम्पन्न पत्रकार सम्ेमलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई, पुर्व प्रहरी संस्थाका अध्यक्ष डम्वर कट्वाल, अन्तराष्ट्रिय धावक डेविट खेवा लगायतले धनकुटा रोड रेस १५ किलो मिटर प्रतियोगिताको उदेश्यको वारेमा प्रकास पारेका थिए । 


  • Dhankutapress

थप