धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा हालै सम्पन्न भएको अन्तरपालिका स्तरिय शहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटवल प्रतियोगीताको आयेजक संस्थाले खर्च सार्वजानिक गरेको छ ।
शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले जेष्ठ २८ गते देखी असार १ गतेसम्म संचालन गरेको अन्तरपालिका स्तरिय महिला फुटवल प्रतियोगिताको वुधवार आयोजकले खर्च सार्वजानिक गरेको हो ।

प्रतियोगीतामा ५ लाख, ११ हजार, १ सय ३७ आम्दामी भएको र ४ लाख, ४४ हजार, ५ सय, ७५ हजार खर्च भएको प्रष्ठिानका कोषाध्यक्ष रेजिना पालिखेले पत्रकार सम्मेलनमा वताईन । प्रतियोगिताको आय–व्यय सार्वजानिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रष्ठिानका अध्यक्ष इश्वर अकेलाले खर्च भएजति आम्दामीले धान्नेगरी हिसाव आए पनि पैसा उठ्न वाँकी रहेको बताए । उनले कतिपय स्थानिय तहहरुले पैसा हालसम्म नदिएको तर, तर पाउने आशामा आफूहरु ढुक्क रहेको वताए । उनले प्रतियोगिता सम्पन्न गर्न २ लाख, १९ हजार सापटी ऋण लागेको वताए ।
शहिद रामकृष्ण श्रेष्ठ प्रष्ठिानका सल्लहाकार सत्यनारयण श्रेष्ठले सरकारले ०७६ माघ ३ गते शहिद घोषणा गरे पनि हालसम्म शहिदका परिवारले एक रुपयाँ सहयोग नपाएको गुनासो गरे । पत्रकार सम्मेलन प्रतिष्ठानका सचिव कृष्ण भागवत श्रेष्ठले संचालन गरेका थिए ।
- Dhankutapress