धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान ओली नेतृत्वको सरकार संसदिय मूल्य मान्यता विपरित अघि वढीरहेको आरोप लगाएका छन् । श्रेष्ठले माओवादी केन्द्र धनकुटा नगर कमिटीको दोश्रो अधिवेशनको उद्धघाटन सत्रलाई आइतवार सम्वोधन गर्दे उक्त कुरा बताएका हुन् ।
सो अवसरमा उनले प्रतिगामीहरुले विभिन्न तरिकाले लोकतन्त्रको अपहरण गर्ने तानाबाना बुरिहेकोले भन्दै प्रतिगामी खतरा कायमै रहेको बताएका छन् । उनले ‘प्रतिगामीहरुले विभिन्न तरिकाले हर्कत गरिहेका छन् र लोकतन्त्र अपहरणको तानाबाना बुनिरहेका छन्’ उनले भने, ‘त्यस विरुद्ध गम्भीरतापूर्वक सवै गणतन्त्रबादी शक्ति जुट्नु जरुरी छ ।’
लोकतन्त्रको रक्षाका लागि नेपालमा ६ दशक लामो संघर्ष र बलिदानीले प्राप्त उपलब्धी कसैले खोस्ने सोच राख्नु दुष्प्रयास मात्र हुने उनको भनाई थियो । नेपालमा नया“ प्रकारको उन्नत लोकतन्त्र भन्दै उनले आफ्नै समाजवाद उन्मुख लोकतन्त्रको संज्ञा दिए । प्रतिगामी खतरा प्रति नेता कार्यकर्ताले बुझ्न जरुरी रहेको भन्दै गम्भिर भएर अघि वढुन पर्नेमा उनले जोड दिए ।
नेता श्रेष्ठले संक्रमणकालिन न्याय सम्बन्धि कानुन निर्माण प्रक्रिया यथासक्य चा“डो टुंग्याउनु पर्ने उनको धारणा थियो । यस्तै, वर्तमान सरकार प्रति टिप्पणी गर्दै सरकार भ्रष्टाचारीलाई प्रोत्साहन गर्न उद्यत रहेको बताए । माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार अन्त्यका लागि राम्रो काम गरेको दावी गर्दै भ्रष्टाचारको फायल खोल्न थालेपछि सरकारबाट बाहिरिनु पर्नेको उनको तर्क थियो ।
प्रतिगमनका विरुद्ध आगामी चैत्र १५ गते काठमाण्डौंमा आयोजना हुने समाजवादी मोर्चाको वृहत आमसभामा पार्टीको सहभागीता रहने जनाए । उनले सुशासन, समृद्धि र सामाजिक न्याय आजको आवश्यक्ता रहेको औल्याउँदै नेकपा माओवादीले नेपाली जनतालाई समाजवादी मोर्चाको आमसभा मार्फत वर्तमान सरकारको भण्डाफोर गर्ने बताए । सो अवसरमा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरेर माओवादीमा नवप्रवेशीलाई अविर माला लगाएर नेता श्रेष्ठले स्वागत गरेका थिए । नेकपा माओवादी केन्द्र धनकुटा नगर कमिटि अध्यक्ष खगेन्द्र बिष्टको अध्यक्षतामा उद्धघाटन सत्र सम्पन्न भएको थियो ।
- dhankutapress