Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

एमाले पाख्रिवासमा सिताराम

  •   २ वर्ष अघि | १८ फाल्गुन २०८१, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/सिताराम राईको अध्यक्षतामा नेकपा एमाले पाख्रिबास नगपालिकाको ७५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

पाटीका केन्द्रिय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतित्थ्यतामा सम्पन्न दोस्रो गाउँ अधिवेशनबाट राई सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका हुन्  ।

नवनिर्वाचित कमिटीका अध्यक्ष राई सहित पदाधिकारीमा उपाध्यक्ष मदन राई,सचिव दुर्गा सुबेदी,उपसचिव (खुला) तोर्ण बहादुर खपाङ्गी र महिला उपाध्यक्षमा मिठू देउजा निर्वाचित हुनुभएको छ ।नवनिर्वाचित समितिलाई निर्वाचन मण्डलका अध्यक्ष तथा जिल्ला पाटीका उपाध्यक्ष चिन्तन तामाङ,केन्दिय्र सदस्य राजेन्द्र कुमार राईले सफत ग्रहण गराएका थिए। यो संगै पाँच स्थानीय तहको अधिवेशन सम्पन्न भएको नेकपा एमालेको १८ गते छथर जोरपाटी गाउँ कमिटी र महालक्ष्मी नगरपालिकाको अधिबेशन बाँकी रहेको जिल्ला पाटीका अध्यक्ष शिव आङ्ला लिम्बूले जानकारी दिए ।


  • dhankutapress

थप