धनकुटा प्रेस सम्वाददाता
धनकुटा/आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटाको एक मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइने भएको छ ।
धनकुटा नगरपालिका–६ स्थित बहुउदेश्य सामुदायिक भवन आँखा अस्पताल ‘क’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइन लागेको हो । जिल्लाका १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्र कायम गरिएका छन् । ति मध्ये यो केन्द्रमा मात्र सबै महिला कर्मचारी खटाउन लागिएको हो ।
निर्वाचन अधिकृतको कार्यलयका अनुसार यस केन्द्रमा मतदान अधिकृत इन्दिरा खड्का बुढाथोकी, सहायक मतदान अधिकृत निलुशा अधिकारी, सहायक कर्मचारी रिता पाण्डे, रमा ढुंगाना र अम्बिका राई खटिनुहुने छ । उक्त केन्द्रमा सहयोगी कर्मचारीको रूपमा सीता राई खटिनुहुने जनाइएको छ ।
अन्य मतदान केन्द्रमा भने मिश्रितरुपमा कर्मचारी खटाउने तयारी गरीएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्नाम लिम्वुले जानकारी दिए । धनकुटामा यो निर्बाचनमा कुल ९ सय ९६ कर्मचारी खटाउने तयारी गरीएको छ ।
- dhankutapress