Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्बन्ध बिस्तार अभियान धनकुटामा

  •   २ वर्ष अघि | १० चैत्र २०८१, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/‘नयाँ जनवाद, वैज्ञानिक समाजवाद जिन्दावाद’ को नारा घन्काउँदै क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालले जनसम्वन्ध विस्तार अभियान अन्गर्तत धनकुटामा सोमवार र्याली तथा कोण सभा आयोजना गरेको छ । 

कोणसभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय पोलिट व्यूरो सदस्य रामसिं शिरिस, शारादा महत, अटल, पार्टीका धनकुटा जिल्ला सचिव गोपाल विश्वकर्मा लगायतले सम्वोधन गरेका थिए । कोणसभा आयोजना गर्नु पूर्व उनीहरुले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिन्दावाद्, माक्सवाद, लेलिनवाद, माओवाद जिन्दावाद्, नयाँ जनवाद वैज्ञानिक समाजवाद जिन्दावाद लगायतका नार घन्काउँदै धनकुटा बजारको परिक्रमा गरेका थिए । बजार परिक्रमा पश्चात स्थानिय मदनचोकमा कोणसभा आयोजना गरिएको थियो । 

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय समितिको आयोजनामा गएको चैत्र ४ गते देखी लिम्वूवानको पाँस्थर जिल्लामा पर्ने चिवा भञ्याङ्ग, झापाको काँकडभित्ता र पश्चिममा कन्चनपुरको झुलाघाटबाट अभियान शुरु गरिएको पार्टीका प्रदेश नं.१ का सचिव डिल्लीराम बोहोराले जानकारी दिए । उनले भने–‘देशव्यापी अभियान समापन भएपछि आगामी वैसाख १८ गते अन्तराष्ट्रिय श्रमिक दिवशको दिन काठमाण्डौंमा औपचारिक समापन हुनेछ ।’

  • dhankutapress

थप