Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा एमालेको मोटरसाइकल र्‍याली र जागरणसभा

  •   २ वर्ष अघि | १७ चैत्र २०८१, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा,१८ चैत । नेकपा एमाले धनकुटाले आज राजावादीका नाममा सुरु गरिएका गतिविधिको बिरोध गर्दै धनकुटामा मोटरसाइकल र्‍याली निकालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धी र संविधानको रक्षाका लागि भन्दै आज एमाले धनकुटाले सदरमुकामको बसपार्कबाट बिरोध र्‍याली निकालेको हो ।याली बसपार्कबाट सुरु भएर त्रिबेणी, डाँडागाउँ, मदनचौक, भीमनारायण चौक, माथिल्लोकोप्चे तल्लोकोप्चे टुडिखेल हुँदै फेरी मदन चौकमा पुगेर जागरण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेताहरुले अहिलेको उपलब्धी ल्याउनका लागि ठूलो संघर्ष र बलिदान भएको र यसको रक्षाका लागि सबै धनकुटेली जनता सहित देशबासीले उठाउनु पर्ने बताएका थिए ।

र्‍यालीका सहभागीले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा, पूर्ण प्रेस स्वतन्त्रता, राष्टिय स्वाधीनताको रक्षाको पक्षमा नारा लगाएका थिए । उनिहरुले राजावादी आन्दोलनका नाममा भइरहेका गतिविधि प्रति आक्रोस ब्यक्त गरेका छन् । सभामा सहभागी हुन धनकुटाका सात वटै पालिका र ६० वडाबाट एमाले नेता कार्यकर्ता धनकुटा सदरमुकाम आएका थिए ।

  • dhankutapress

थप