Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

नेकपा एमाले धनकुटाले मतदातालाई दियो धन्यवाद

  •   ८ महिना अघि | २६ फाल्गुन २०८२, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेकपा एमाले जिल्ला कमिटी धनकुटाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टाीका उम्मेदवारलाई विजयी गराएकोमा भन्दै धनकुटाबासी मतदाताप्रति आभार व्यक्त गर्दै धन्यवाद् दिएको छ । 

एमालेले सोमवार धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरेर मतदाताप्रति आभार व्यक्त गर्दै धन्यवाद् दिएको हो । देशमा उत्पन्न असामान्य परिस्थितिका बीच सम्पन्न निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिइएको एमाले अध्यक्ष शिव लिम्बुले जानकारी दिए । कार्यक्रममा धनकुटाबाट एमालेका उम्मेदवार तथा पार्टीका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री राजेन्द्र कुमार राईलाई मत दिई विजयी गराएकोमा मतदाताप्रति कृतज्ञता व्यक्त गरिएको छ । साथै, समानुपातिकतर्फ पनि सूर्य चिन्हमा अन्य पार्टी भन्दा वढी मत प्राप्त भएको भन्दै पार्टीले खुशी व्यक्त गरेको छ / एमालेले निर्वाचन अवधिभर पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै जिल्ला निर्वाचन कार्यालय, स्थानीय प्रशासन, कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक र सञ्चारकर्मीप्रति पनि धन्यवाद ज्ञापन गरेको छ । पत्रकार सम्मेलनमा एमालेले प्राप्त जनविश्वासलाई सम्मान गर्दै आगामी दिनमा विकास र समृद्धिका लागि धनकुटाबासीको चाहना पूरा गर्न सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

  • dhankutapress

थप