Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पहिचानवादी यूवा नेता लावतीको निधन

  •   २ वर्ष अघि | ४ साउन २०८१, शुक्रबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा /राष्ट्रिय जनमुक्ति पार्टी मोरङ्ग जिल्ला समितिका सचिव यूवराज लावतीको विहिवार निधन भएको छ । 

मोरङ्गको कानेपोखरी गाउँपालिका वडा नं.३ घर भएका लावतीको स्वास्थ्यमा समश्या आएपछि करिव १ महिना देखी नोवेल मेडिकल कलेज विराटनगरमा उपचारत थिए । उनको विहिवार नोवेल मेडिकल कलेजको सघनउपचार कक्षमा उपचारको क्रममा निधन भएको हो । 

किराँत याक्थुङ मोरङ जिल्ला समितिका पुर्व सचिव समेत रहेका लावतीको शुक्रवार मोरङ्गको मंगलवारेमा किराँत याक्थुङहरुको धर्म–संस्कार, संस्कृति अनुसार अन्त्यष्ठि गरिएको छ । स्वर्गिय लावती मोरङ्ग जिल्लाको वेलवारी स्थित् मालपोत कार्यालयमा लेखापढी व्यवसायी काम समेत गर्थे । ०६४÷०६५ साल यता स्वर्गिय लावती राष्ट्रिय जनमुक्ति पार्टीमा सक्रिय भएर लागेका थिए । 

स्वर्गिय लावतीको निधन प्रति राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्गवाले एक विज्ञप्ति जारी गर्दै दुःख प्यक्त गरेका छन् । त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका संघीय समितिका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले पनि स्वर्गिय लावतीको निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्विर्गय लावतीको शुक्रवार मोरङ्गको मंगलवारे वजार छेउमा भएको अन्त्यष्ठिमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रिय जनमुक्ति पार्टीका नेताहरु, किराँत याक्थुङ चुम्लुङका विभिन्न तह तप्काका पदाधिकारी एवं सदस्यहरु, उहाँका आफन्त लगायत मलामीजनको उल्लेख्य उपस्थिति रहेको थियो ।

  • dhankutapress

थप