Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सन्दर्भ : ‘गाउँपालिका उपाध्यक्षसंग संचारकर्मी अन्तरक्रिया कार्यक्रम’

माङ्सेवुङको पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्न माङ्गमालुङ महोत्सव

  •   ४ वर्ष अघि | ४ बैशाख २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

माङसेवुङ/इलामको माङ्सेवुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्बाङले माङ्गसेवुङको पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने उदेश्यले प्रथम माङ्गमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको बताएका छन् । 

‘न्यायिक अनुगमन साथै समग्र गाउँपालिकाको विकासको सम्वन्धमा उपाध्यक्षसंग सञ्चारकर्मी विषयक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले यस्तो वताएका हुन् । उनले माङ्गसेवुङ गाउँपालिका भित्र रहेका प्राकृतिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भित्र्याउने उदेश्यले पहिलो पटक ‘माङमालुङ कृषि, पर्यटन महोत्सव’ आयोजना गरिएको संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा स्पष्ट पारेका छन् । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समितिको पूर्ण वैठक सम्पन्न भएपछि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम बोल्दै उपाध्यक्ष नेम्वाङले भने–‘आफुहरु निर्वाचित भएर आएदेखि करिव १ वर्षको अबधिमा माङ्गसेवुङको चौतर्फी विकासको लागि जग बसाउने प्रयास गरिरहेका छौं ।’ उनले आन्तरिक तथा वाह्य पर्यटक भित्र्याएर आर्थिक समृद्धिमा टेवा पु¥याउन माङ्गसेवुङ गाउँपालिका भित्र रहेको प्राकृतिक तथा धार्मिक पर्यटकिय स्थलहरुको व्यापक प्रचार गर्ने गरी महोत्सव आयोजना गरिएको स्पष्ट पारे । 

दर्जनौ प्राकृतिक तथा धार्मिक पर्यटकिय स्थल माङसेवुङमा :

उनले माङ्गसेवुङ गाउँपालिका भित्र रहेको पर्यटकिय स्थलहरु माङ्गमालुङ, गजुरमुखी धाम, माङ्गसेवुङ लारुम्बा, खोत्रोक्पा, नावालुङ, चुक्चि नुम्वा (महागुरुको जन्म स्थान) अन्धा राजा, अन्धा रानी, तिन थुम्की भ्यू टावुर, कुस्न्डाराजा कुस्न्डा रानी लगायतका दर्जर्नौ पर्यटकिय स्थलहरु मुख्य रहेको वताए । उनले विशेष गरेर माङ्गसेवुङ गाउँपालिका भित्रको प्राकृतिक तथा धार्मिक पर्यटकिय स्थलहरु मध्ये माङमालुङलाई विशेष धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न गाउँपालिका लागि परेको वताए । उपाध्यक्ष नेम्वाङ्गले भने–‘हामी पालिकाको तर्फबाट चाँडै माङमालुङ पर्यटन विकास समिति निर्माण गर्छौं ।’ 

माङ्गसेवुङको मुख्य आम्दामीको श्रोत दुध र ढुङ्गा, गिटि, बालुवा :

माङ्गसेवुङ गाउँपालिकाको मुख्य आ्रमदामीको स्रोत के रहेको छ भन्ने संञ्चारकर्मीहरुको प्रश्नमा उपाध्यक्ष नेम्वाङले भने– ढुङ्गा, गिटी, बालुवा र दुग्ध उत्पादन आम्दामीको मुख्य स्रोत रहेको छ ।’ माङ्गसेवुङमा दुधको वजार राम्रो रहेको बताउँदै उपाध्यक्ष नेम्वाङले थपे–दैनिक ५० हजार लिटर दुध उत्पादन पनि हुन्छ, खपत पनि हुन्छ ।’ 

उनले चालु आर्थिक वर्षमा गाउँपालिकाको विभिन्न वडामा ४० जना व्यवसायिक पशुपालक कृषकहरुलाई उन्नत जातको गाईको बाछी वितरण गर्ने कार्यक्रम रहेको बताएका छन् । उनले आगामी आर्थिक वर्ष देखि अमेरिका र होलेण्डमा पाईने उच्च प्रजातिका गाई र सेक्सरिच मेन विरतण गर्ने कार्यक्रम रहेको पनि जानकारी दिएका छन् । एउटा डोजको ६ हजार मुल्य पर्ने सेक्सरिच मेन उन्नत जातको गाईमा प्रयोग गर्दा ९८ प्रतिसत गाईको बाछी जन्मने ग्या।ेण्टी हुने उपाध्यक्ष नेम्वाङले बताए । 

अनुगमन गर्न जाँदा चुनाब त आउनँ दे भन्दै उल्टै धम्क्याउँछन् : 

विकास योजनालाई प्रभावकारी वनाउन पालिकाले ६ वटै वडामा पालिका मार्फत अनुगमन गर्ने गरेको छ । नागरिरको जीवन स्तर कसरी सुधार्ने भन्ने विषयमा गाउँपालिका चिन्तित् भएर लागेको उपाध्यक्ष नेम्वाङले वताएका छन् । उनले गाउँपालिका भित्र संचालन भईरहेका योजनाहरुको ६ वटै वडामा प्रभावकारी ढंगले पालिकाले अनुगमन गर्ने गरेको वताए । अनुगमनलाई कसरी प्रभावकारी वनाउने भन्ने विषयमा पालिकामा व्यापक छलफल हुने गरेको स्मरण गराउँदै उनले भने–‘योजनाहरु सवै भन्दा वढी सडक, कृषि र पशुपालनमा केद्रित रहेको छ र गाउँपालिकाको लगानी पनि सवै भन्दा वढी छ।’ 

वडा वडामा योजना अनुगमन गर्न जाँदा चुनाब आउँला नि भन्दै पख्लास भनेर उल्टै पालिकावासीले धम्क्याउने गरेको उपाध्यक्ष नेम्वाङले गुनासो गरे । उनले अधिकांश योजनाहरु आर्थिक वर्ष सकन लाग्दा जेठ असारमा आउने गरेकाले समयमा तोकिएको इष्टमेट अनुसार काम पुरा नभएपछि विलोमा भुक्तानी दिने गरेको पनि सुनाए । 

माङ्गसेवुङ गाउँपालिका महागुरु फाल्गुनन्द लिङ्गदेनको जन्म थलो भएकोले मुद्धा माम्ला कम :

आफू गाउँपालिकाको उपाध्यक्ष भएको नाताले न्यायिक समितिको पनि काम गरिरहेको अनुभव उनले संचारकर्मीहरुलाई सुनाए । उनले भने माङ्गसेवुङ गाउँपालिकामा आफूहरु नेतृत्वमा आएको ११ महिनामा १० वटा मात्र उजुरी दर्ता भएको वताए ।

दर्ता भएका अधिकांश उजुरी न्याकि समितिबाट फैसला भन्दा पनि मेलमिलापबाटै मिलापत्र गर्ने गरिएको छ । माङ्गसेवुङ महागुरु फाल्गुनन्दको जन्मथलो भएको र यहाँका नागरिकलाई शान्ति प्रतिको अपार आस्था र विश्वास रहेकाले पनि झै झगडा कम हुने दावी उपाध्यक्ष नेम्वाङको छ । त्यहि कारणले पनि गाउँपालिकामा रहेको न्यायिक समितिमा उजुरी कम पर्ने गरेको पुष्टी हुन्छ । 

उनले ११ महिनाको लामो अबधिमा किन त्यतिमात्र उजुरी प¥यो त भन्ने पत्रकारहरुको प्रश्नमा उनले यो पालिकामा धार्मिक एवं साँस्कृतिक हिसाबले विभिन्न जातजातिका मानिसहरुको वाहुल्यता रहेको भन्दै एकले अर्काको धर्म,सस्कार संस्कृती प्रति सद्भाव राख्ने भएकोले झै झगडा न्यून हुने गरेको थप स्पष्ट पारे । साथै वडा र टोल स्तरसम्मै न्यायिक समितीको पहुच रहेकोले पनि आफ्नो क्षेत्राधिकारभित्र रही सामान्य विवादका विषयहरु वडा स्तरमै मिलाईने गरेको उपाध्यक्ष नेम्वाङको भनाई छ । 

लिम्वु र राई वान्तावा भाषालाई आगामी वर्ष देखि सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने :माङ्गसेवुङ गाउँपालिकामा आगामी वर्ष देखि लिम्बु र राई वान्तावा भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने उपाध्यक्ष नेम्वाङले वताएका छन् । उनले भाषाको लगानीमा प्रदेश र संघीय सरकारले वजेट नदिए पनि स्थानिय सरकारको आन्तरिक स्रोतबाट व्यवस्थापन हुने गरि लिम्वु र राई वान्तावा भाषालाई माङ्गसेवुङ गाउँपालिकाको ६ वटै वडामा लागु गर्ने बताए । 

माङ्गसेवुङ गाउँपालिकामा लिम्वु भाषी र राई वान्तवा भाषी नागरिक धेरै भएकाले २ वटा भाषालाई लागु गर्न लागिएको उपाध्यक्ष नेम्वाङले स्पष्ट पारेका छन् । उनले अघिल्लो वर्षहरुमा भाषाको क्षेत्रमा गरिएको लगानी पालिकाको नाममा वेरुजु रहेको पनि सुजाएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिको अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न ‘न्यायिक अनुगमन साथै समग्र गाउँपालिकाको विकासको सम्वन्धमा उपाध्यक्षसंग सञ्चारकर्मी विषयक अन्तरक्रिया’ कार्यक्रममा फोनिज संघिय समितिका उपाध्यक्ष कमन देवान, महासचिव मिलन लिम्वु, संघिय समितिका पुर्व सल्लाहकार संजय सन्तोषी राई लगायतले समुदायको वाहुल्यतालाई हेरेर संविधानमा व्यवस्था भए अनुसार स्थानीय सरकारले विशेष, स्वयत्त र संरक्षित क्षेत्रहरुको व्यवस्था गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको संचालन महासचिव सुशन रुङ्गमाहाङ राईले गरेका थिए । 

  • Dhnakutapress

थप