धनकुटा प्रेस अनलाईन खवस सम्वाददाता
धनकुटा/नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिको आइतबार जुम वैठख बसी प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।
यही मङ्सिर २८ गते नेपालका समग्र पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासङ्घको निर्वाचन हुन गइरहेको छ । यो चुनाव पत्रकारहरुको लागि मात्रै हैन, फोनिजकर्मीहरुको लागि पनि उत्तिकै गौरवमय कुरा हो । प्रजातान्त्रिक अभ्यास भएको बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकमा यो चुनावले अहम् अर्थ राख्दछ । चुनाव हुनु आफैमा एउटा सुन्दर पक्ष हो । प्रजातन्त्रको मेरुदण्ड नै हो । सङ्घीयतामा प्रवेश गरेको हिसाबमा अहिले सातै वटा प्रदेश र ७७ वटै जिल्लाहरुमा पनि निर्वाचन हुन गइरहेको सबैमा सर्वविदितै छ । हुँदा फोनिजको पुर्व निर्णय अनुसार नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ९ फोनिज० १ नम्बर प्रदेश समितिको अध्यक्ष सन्तविर लामाको प्यानल सहित १ नम्बर प्रदेशमा उम्मेद्बारी दिने घोषणा गरेको एक प्रेस विज्ञप्ति निकालेर सार्वजनिक गरेको छ ।
नेपालको संविधानको मूल मर्मअनुसार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० ले विगतदेखि नै काम गर्दै आएको सबैमा सर्वविदितै छ । फोनिजले आदिवासी पत्रकारहरुको हकहित र अधिकारका लागि कलम चलाउँदै आएको छ । विशेषगरी नेपाली पत्रकारिताको इतिहासमा फोनिजको आफ्नो छुट्टै इतिहास छ । विगतदेखि आजसम्मको अवस्थामा फोनिजले सद्भाव, सहकार्य, एकता, समन्वयमा आधारित भएर पत्रकारिता गर्दै आएको छ । सङ्घ, सङ्गठनदेखि लिएर पत्रकारिताको मूलमर्मलाई आत्मसात गर्दै आजको दिनसम्म पनि काम गर्दै आएको छ ।
फोनिज १ नम्बर प्रदेश समितिको आइतबार राति सम्पन्न भर्चुअल छलफल र यसअघिको निणर्यानुसार फोनिजले १ नम्बर प्रदेशमा अध्यक्षदेखि सदस्य पदसम्मका लागि मनोनयन गरी फोनिजको छुट्टै प्यानल निर्माण गरी चुनावमा होमिने सबैमा जानकारी गराउन चाहन्छौँ । फोनिज १ नम्बर प्रदेशका अध्यक्ष सन्तवीर लामाको नेतृत्वमा प्यानल निर्माण गरी चुनावमा होमिने निर्णयानुसार आज ९सोमबार० मनोनयन गरिने सबैमा जानकारी गराउँदछौँ । त्यसका लागि १ नम्बर प्रदेशमा रहेका सबै फोनिजकर्मीहरु मनोनयन स्थल १ नम्बर प्रदेशको राजधानी विराटनगरमा सहभागी हुन हार्दिक आग्रह पनि गर्न चाहन्छौँ भनेर प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
- dhankutapress