धनकुटा प्रेस सम्वाददाता
धनकुटा/अग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा तिन दिने खाना महोत्सव मंगलववार देखि सुरु भएको छ ।
एक समारोहको वीच कोशी प्र्रदेश सरकारका पर्यटन, वन, वातवरण मन्त्रि सदानन्द मण्डलले तिन दिने खाना महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्रि मण्डलले कोशी प्रदेशको मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना अघि सारेको बताए । उनले भेडेटारमा पर्यटन पूर्वाधार प्रदेश सरकारले पहल गर्ने वताए । त्यसको साथै उनले साँगुरीगढी गाउँपालिका विभिन्न वडामा रहेको सामुदायिक होम स्टेलाई थप पर्यटन मैत्री बनाउनको प्रदेश सरकारले सहयोग गर्ने बताए ।

मन्त्रि मण्डलले भने–‘हामीसंग बेच्नको लागि प्रमुख कुरा पर्यटन छ, पर्यटनसंग संस्कृति र प्रकृति मिसिएको हुन्छ, प्रकृति र संस्कृतिको संन्धिग्ताले मात्र पर्यटनको दिगो विकास हुनछ ।’ उनले भेडेटार भनेको आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि रेफ्रेस सेन्टर भएको वताए । ‘तराईमा गर्मि भयो भने वा कुनै व्यवहारिक टेन्सन भयो भने हामी भेडेटार आएर फ्रेस हुने गरेका छौं’–मन्त्री मण्डलले थपे । कोशी प्रदेश सवै भन्दा ठूलो पर्यटनको बजार भनेको छिमेकी राष्ट्र भारतको विहार राज्य हो, भन्दै मन्त्री मण्डलले भने–‘विहारको पर्यटक ल्याउनको लागि प्रदेश सरकारले पर्यटन कोरिडोरको गुरु योजना निर्माण पर्यटन बर्ष ०८२ लाई अघि सारेका छौं ।’ सो अवसरमा मन्त्रि मण्डलले खाना महोत्सवको अवसरमा साँगुरीगढी गाउँपालिका कृषि उपशाखाले आयोजना गरिएको कृषि मेलाको समेत समुद्धघाटन समेत गरेका थिए ।
विशेष अतिथि साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले साँगुरीगढी गाउँपालिकालाई पर्यटन मैत्री गाउँपालिका वनाउन टुरिजम सर्किटको रुपमा विकास गर्ने बताए । जसका लागि उनले त्रिवेणी देखि भुडेटारसम्म पदमार्ग निर्माण गर्नको लागि बजेट विनियोजन गरेर काम गरिहेको जानकारी दिए । अध्यक्ष रुम्दालीले भने–‘भेडेटारमा आउने हरेक पर्यटकलाई हामी हरेक वडाको रहेको होमस्टेमा पु¥याउने गरि प्याकेज कार्यक्रम गाउँपालिकाले ल्याउने तयारी गरिरहेको छ ।’ उनले गाउँगाउँमा वडा–वडामा होम स्टे खोलेर भेडेटारमा आउने पर्यटकलाई वडामा पु¥याउने गरि नयाँ पर्यटन प्रवद्र्धनको कार्यक्रम अघिल्लो वर्ष देखि लागु भएको थप स्पष्ट पारेका छन् ।
खाना महोत्वस उद्घाटन समारोहमा लिम्वु जातिको ढोल नाच, राई जातिको साकेला, याम्फू जातिको केलाङ र मगर समुदायले हुर्रा नाच प्रदर्शन गरेका थिए । उनीहरुलाई महोत्सव आयोजक समितिको तर्फबाट सम्मान गरिएको छ । त्यसैगरी साँगुरीगढी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरि समचार लेखेर सहयोग पु¥याउने नेपाल टेलिभिजनका धनकुटा सम्वाददाता विनोद घिमिरे र सुनसरीका अग्रज पत्रकार गोविन्द बस्नेतलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
महोत्सवको मुख्य सहयोगी साँगुरीगढी गाउँपालिकाका, मुख्य प्रायोजक गोर्खा बुअरी, सह प्रायोजक नेपाल टुरिजम वोर्ड, भेडेटार आमा समूह, सहयोगीमा साँगुरीगढी गाउँपालिका, ६ नं. वडा कार्यालय रहेका छन् । महोत्सवमा दुई दर्जन भन्दा बढी स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको आयोजक संस्था होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्वुले बताए ।
महोत्सवको लागि बजार क्षेत्रमा आर्कषक सजावट गरिएको छ । तीन दिनसम्म आयोजना हुने खाना महोत्सवमा आउने आगन्तुकलाई सडकमा खाने र सडकमा रमाउनेसंगै भिन्नभिन्न टुर प्याकेजहरुमा ५ देखि २० प्रतिशत सम्म छुट रहेको छ । आन्तरीक र बाह्यि पर्यटकहरुलाई भेडेटारका होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
महोत्सवमा आउने आन्तरिक तथा वाह्रय पर्यटकलाई साँगुरीगढी गाउँपालिका भरिका ऐतिहाँसिक साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका स्थान घुमाउने योजना पनि छ ।
होटल एशोसिएशन भेडेटारका अध्यक्ष तुमराज लिम्वुको अध्यक्षतामा सम्पन्न महोत्सव उद्धघाटन सत्रमा कोशी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्रि निरन राई, धरान उपमहानगरपालिकाका उप–प्रमुख आईन्द्र विक्रम वेघा, साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष मुना राई, एमालेका पहिचानवादी नेता बलवहादुर राई, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, होटल व्यवसायि महासंघ कोशी प्रदेसका अध्यक्ष राजेन्द्र दंगाल, कोशीका होटल व्यवावसायि महासंघका उपाध्यक्ष रविन गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अंग्रेजी नयाँ बर्षको अवसरमा हरेक वर्ष भेडटारमा होटल एशोसिएशन भेडेटारले खाना महोत्सव खाना महोत्सव आयोजना गर्दै आएको छ । 
- dhankutapress