Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

ताम्सालिङ संयुक्त संघर्ष समितिको घोषणासभा भाद्र १० गते

  •   ३ वर्ष अघि | ७ भदौ २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

काठमाडौं/वाग्मती प्रदेश नाम खारेज गरी ताम्सालिङ प्रदेश निर्माणको लक्ष्यसहित ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालको घोषणासभा गरिने भएको छ । 

भदौ १० गते धुम्बाराहीस्थित एसआर बैंक्युटमा दिउँसो १ बजेदेखि बृहत् घोषणासभा हुने ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालका सदस्यसचिव एवं नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले जानकारी दिए। उनले ताम्सालिङ निर्माणका खातिर जुट्नु हुन सम्पूर्ण अभियन्ताहरुलाई मंगलबार आग्रहसमेत गरेका छन् । संघर्ष समिति घोषणापछि मिसन–२०८४ लाई चुम्न र आफ्नो इतिहास आफैले कोर्ने हिम्मत र साहसका साथ काममा खटिने अध्यक्ष तामाङले घोषणा गरेका छन् । 

यसअघि साउन ३१ गते बसेको बैठकले ताम्सालिङ संयुक्त संघर्ष समिति अवधारणापत्र र आचारसंहिता पारित गरेको थियो । जुन दिन सदस्यसचिव गोलेको प्रतिक्रिया थियो–‘राज्यसत्ताद्वारा प्रवर्द्धन गरिएका सबैखाले जातीय विभेदको विरुद्ध लड्न समयले एउटा क्रान्ति मागिरहेको वर्तमान परिस्थितिमा आज ऐतिहासिक कार्य सप्पन्न भएको छ ।’ लगभग दुई महिना लामो छलफल र बहसपछि ताम्सालिङ संयुक्त संघर्ष समितिको अवधारणापत्र र आचारसंहिता आज पारित गरियो । यसबाट विभिन्न विचार, सिद्धान्त बोकेर हिँडेका तामाङ नेतृत्व र अभियन्ताहरू आजदेखी ताम्सालिङ निर्माणको साझा मुद्दामा एकठाउँमा उभिएका छन् ।

  • Dhankutapress

थप