Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रदेश नं.१ का स्वास्थ्य मन्त्री निर्मला लिम्बुद्वारा राजीनामा

  •   ३ वर्ष अघि | १७ जेष्ठ २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

बिराटनगर/कोशी प्रदेश सरकारकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले राजीनामा दिएकी छिन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित लिम्बुले बुधबार पत्रकार सम्मेलनमार्फत सरकारबाट बाहिरिएको घोषणा गरेकी हुन् । कोशी नामाकङ्न विरुद्धको आन्दोलन पहिचान पक्षधरहरुले निरन्तर गरिरहेको बेला राजीनामा दिनुपर्ने माग पार्टी भित्र र बाहिरबाट उठाउदै आएको थियो । हिजो कोशी सरकारबाट बाहिरिने निर्णय जसपा प्रदेश समितिले गरेको थियो। लिम्बु गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।

जसपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि माओवादी केन्द्र नैतिक दबाबमा परेको छ । यसअघि नेपाली कांग्रेस संसदीय दलले लिखित रुपमा नै माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने आग्रह गरेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद छन् । एमाले र राप्रपा एक ठाउँमा छन् भने कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एउटा गठबन्धनमा छन् । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ तर सभामुख बाहेक दुवै पक्षमा समान ४६ मत पुग्छ ।


  • Dhankutapress

थप