Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

महिला स्वास्थ्य स्वयम्सेविकालाई काम गर्न जाागर चल्ने गरी सेवा सुविधा दिन्छुः मुख्यमन्त्री कार्की

  •   २ महिना अघि | १३ चैत्र २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/कोशी प्रदेश सरकारका मुख्य मन्त्री केदार कार्कीले महिला स्वास्थ्य स्वयम्सेविकालाई काम गर्न जाँगर चल्ने गरी सेवा सुविधा दिने वताएका छन् । 

मंगलबार धनकुटामा आयोजित कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले महिला स्वास्थ्य स्वयंसेविकाहरुसंगको भेटघाट कार्यक्रममा यस्तोे बताएका हुन् । मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएपछि भौतिक विकास भन्दा पनि मानविय विकासको लागि वढी मात्रामा प्रदेश सरकार लागि परेको दावी गरे ।

उनले महिला स्वास्थ्य स्वयम्सेविकालाई कोशी प्रदेश सरकारले वार्षिक ५ हजार रुपैया“ उपलब्ध गराउ“दै आएको बताए । प्रदेशभरका स्वयम्सेविकालाई विमा तथा अन्य सुविधा दिन प्रदेश सरकार लागि परेको मुख्यमन्त्री केदार कार्कीले बताए । प्रदेश सरकारले प्रदेशभरका १४ जिल्लाका स्वयम्सेविकालाई संघीय सरकारले ५० प्रतिशत र प्रदेश तथा स्थानीय सरकारले थप ५० प्रतिशत विमा उपलब्ध गराउने उनको भनाइ थियो । 

सो कार्यक्रममा वोल्दै स्वास्थ्य मन्त्री प्रदिप सुनवारले प्रदेश स्वास्थ्य ऐन ल्याएर महिला स्वास्थ्य स्वयमसेविकाको सेवासुविधामा एक एकरुपता ल्याउने तयारी भैरहेको वताएका छन् । उनले भने–‘ढिलो चाँडो ऐन कानुन् बनाएर स्वयम्सेविकाहरुको योगदानको उचित मुल्यांकन हुनेछ ।’ उनले महिला स्वास्थ्य स्वयंसेविकाको पेशगत हकहितको विषयमा प्रदेश सरकार गम्भिर रहेको बताए । 

सो अवसरमा साहाभागी महिला स्वास्थ्य स्वयम सेविकाहरुले सेवासुविधा, स्वास्थ्य उपचार सम्वन्धि आधारभूत तालिम, अक्षयकोषको व्यवस्था गरिनु पर्ने माग गरेका छन् । स्वास्थ्य स्वयम्सेविका उमा खनालले मासिक भत्ता समेत नभएको गुनासो गरिन । उनले आफुहरु दिनरात नभनि खटिदा समेत सेवा सुविधा विहिन हुनु परेको गुनासो गरेका छन् । 

त्यसैगरी अर्का महिला स्वयमसेविका निरुता राईले स्वयम्सेविका भनिए पनि कामको मुल्यांकन गरि भत्ता उपलब्ध गराउनु पर्ने बताइन् । आधारभुत तालिम, अक्षय कोष समेत छैन, उनले भनिन्–‘वर्षौदेखिको हाम्रो कामको उचित मूल्यांकन हुनु पर्छ भन्ने हाम्रो माग हो ।’ नेपाल पत्रकार महासंघ धनकुटा शाखाको हलमा आयोजित कार्यक्रममा कृषि सहकारी तथा उद्योग मन्त्री रामकुमार खत्री, आर्थिक मामिला राज्य मन्त्री इन्दिरा थापा, प्रदेश स्वास्थ्य निर्देशक ज्ञान वहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

धनकुटामा पहिलो पटक प्रदेश सरकारको मन्त्री परिषदको वैठक राख्न धनकुटा आउने क्रममा मुख्य मन्त्री कार्कीले महिला स्वास्थ्य स्वयमसेविकाहरुसंग समय दिएरै भेटघाट गरेका हुन् । पुर्व मुख्य मुख्यमन्त्री शेरधन राईको पालामा प्रदेस सरकारको मुख्य मन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गरे पनि एक पटक पनि वैठक राखेका थिएनन । कार्कीले भने पहिलो पटक प्रदेश स्तरको मन्त्री परिषदको वैठक मंगलवार अपरान्हक ४ वजे राख्ने भएका छन् । 

  • Dhankutapress

थप