Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नेपाली सेनाले धनकुटाको वेलहारमा निर्माण ग¥यो हेलीप्याड

  •   ३ वर्ष अघि | २२ पुस २०८०, आइतवार

धनुकटा प्रेस अनलाईन खबर सम्वाददाता 

बेलहरा/धनकुटाको बाघखोरमा हेलीप्याड निर्माण भएको छ । धनकुटा नगरपालिका ९ स्थित बेलहाराको बाघखोरमा वडा नं. ९ को कार्यालय, डिएन ग्रुप अफ कम्पनी र स्थानीयको आर्थिक सहयोग तथा नेपाली सेनाको भीमदल गणको प्राविधिक सहयोगमा हेली प्याड निर्माण भएको हो ।

आइतबार हेलिप्याड समुद्घाटन तथा हस्तान्तरण गर्दै नं. २ बाहीनीअड्डा हिलेका बाहिनीपति सहायक रथी रामकाजी थापाले विपदमा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी महिला तथा गम्भिर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेली प्याड निर्माण गरिएको बताए । 

सो अवसरमा उनले हेलिप्याड निर्माण सम्पन्न भएपनि सामान खरिद गर्दा अपुग भएको ६० हजार रुपैयाँ आफूले भुक्तान गरि दिने बताए । भीमदल गणबाट १० दिनसम्म पर्खाल लगाई हेलिप्याडको ढलान सहित सम्पूर्ण काम गरेको र हेलिप्याड निर्माणवाट स्थानीय बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिइएको भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाको भनाइ छ । हेली प्याड निर्माण भएपछि प्राकृतिक विपदको समय तथा अन्य आपतविपदमा सहज हुने निर्माण समिति संयोजक मनोज रायमाझिले बताए । 

कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य कुशुम श्रेष्ठ (जुली), धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, धनकुटा नगरपालिका वडा नं. ९ का अध्यक्ष टंक रोइला, धनकुटा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । 


  • Dhankutapress

थप