Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नेपाली सेनाको सैन्य आधार तालिम प्राप्त सैन्यहरुको दिक्षान्त समारोह सम्पन्न

सैन्य आधार तालिमबाट ८७ जना दिक्षित भए

  •   ३ वर्ष अघि | २५ भदौ २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/नेपाली सेनाको भीमदल गण धनकुटाले सञ्चालन भएको सैन्य आधार तालिममा प्रशिक्षणरत ८७ जना सैन्य शिक्षार्थीहरुको दिक्षान्त समारोह सोमवार सम्पन्न भएको छ । 

पूर्वीपृतना हेडक्वार्टर इटहरीका महासेनानी युवधिर मान सिंह अधिकारीको प्रमुख आतिथ्यमा सैन्य आधार दिक्षान्त समारोह सम्पन्न भएको हो । गत मंसिर १ गतेबाट संचालन भएको सि.स. २ सैन्य आधार तालिम ९ महिना पश्चात दीक्षान्त समारोह भएको हो । सैन्य आधार तालिममा प्रशिक्षणरत ८७ जनाले सैन्य आधारभुत तालिम पश्चात सोमबारबाट सिपाही दर्जामा प्रवेश गरेको भीमदल गण धनकुटाका गणपति सुमन थापाले बताएका छन् । 

दिक्षान्त समारोह पश्चात उनीहरु नेपाली सेनामा रहेको विभिन्न युनिट–फर्मेशनको रिक्त रहेको दरबन्दीमा नियुक्ति हुनेछन् । दिक्षान्त समारोहमा पूर्वीपृतना हेडक्वार्टरका महासेनानी युवधिर मान सिंह अधिकारीले तालिमका शिक्षार्थी सैन्यद्वारा प्रदर्शन भएको अन्तिम दलेल कवाजको निरीक्षण गर्दै शिक्षार्थीहरुलाई सैनिक जस्वनको उज्वल भविश्यको लागि शुभकामना व्यक्त गरे । महासेनानी अधिकारीले ९ महिने तालिम अवधिभरमा सर्वोत्कृष्ट सैन्य हुने खोटाङ जिल्ला, साकेला गाउँपालिका–४ घर भएका नईन्द्र राईका छोरा नदिप राईलाई खुकुरी होल्डर घोषित गरी पुरस्कार एवं प्रमाण वितरण गरे । 

करीब ९ महिना अवधीको सैन्य आधार तालिममा शिक्षार्थी सैन्य जवानहरुले सैनिक पेशागत सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गरेको भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिए । 

समारोहमा प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपने, कोष तथा लेखा नियन्त्रक ध्रुर्व कार्की लगायत सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो । साथै, दिक्षान्त समारोहमा शिक्षार्थी सैन्यहरुको परिवार, सामाजिक संघ संस्था, उद्योगी व्यपारीहरुका प्रमुख एवं प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । उक्त दिक्षान्त समारोहमा सैन्य आधार तालम प्राप्त गरेका सैन्यहरुले अन्तिम दलेल कवाजको विभिन्न प्रस्तुती गरेको थिए । 


  • Dhankutapress

थप