Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तोकिएको समय भन्दा अगावै काम सक्ने धनकुटाका निर्माण व्यवसायी सन्तोष राई सम्मानित

  •   ३ वर्ष अघि | २१ मंसिर २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/तोकिएको समय अगावै निर्माण सम्पन्न गरेपछि सारासृष्टि निर्माण सेवा प्रा.लि.धनकुटाका प्रवन्ध निर्देशक एवं निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित भएका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका वडा नं.६ रमाईलो स्थित जनसेवा माध्यमिक विद्यालयको तीन तले शिक्षण भवन निर्माण तोकिएको समयभन्दा एक वर्ष पाँच महिना अगाडि नै सम्पन्न गरेपछि सारासृष्टि निर्माण सेवा प्रालिका प्रोपाइटर सन्तोष राई सम्मानित भएका हुन् ।

समयमै काम सम्पन्न गरेर उदाहरणीय वनेको भन्दै जनसेवा माध्यमिक विद्यालयले मंगलवार भवन उद्घाटनको अवसर पारेर निर्माण व्यवसायी राईलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

आफूले पाएको जिम्मेवारी समयमै सम्पन्न गर्नुपर्छ भन्ने जिम्मेवारीको साथ आफूले काम गरेको र सोही अनुरुप चाँडो सम्पन्न गर्न सफल भएको उनले बताए ।


करिव ४ करोड ९९ लाख कुल लागतको उक्त भवन २०७९ साल असार १६ गते निर्माणको काम प्रारम्भ भएको थियो । भवन निर्माणको अवधि तीन वर्षको थियो । तर उक्त भवन निर्माण सम्पन्न गर्न तोकिएको समय भन्दा एक वर्ष पाँच महिना अगावै २०८० साल मंसिर १९ गते सम्पन्न भएको हो ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नमूना विद्यालय विकास कार्यक्रम अन्र्तगत जनसेवा माध्यमिक विद्यालयमा उक्त भवन निर्माण भएको थियो ।

  • Dhankutapress

थप