धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/हरेक वर्ष माघ १६ गते मनाइने सहिद दिवस मंगलबार धनकुटामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदहरुको सम्झनामा सहिद दिवस मनाइने गरिन्छ । धनकुटा नगरपालिका वडा नं.७ वसपार्कमा रहेको सहिदहरुको स्मारक वा सहिदको (प्रतिमा) मा माल्यार्णपण गरेर सहिद दिवस मनाइएको हो । धनकुटामा रहेका सहिदसँग सम्बन्धित क्रियाशिल विभिन्न सामाजिक संघसंस्थाहरुको आयोजनामा सहिद दिवस मनाइएको हो ।
धनकुटामा सहिद सरोकार समाज, सहिद भिमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान, सहिद रामकृण श्रेष्ठ स्मृति प्रतिष्ठान, सहिद स्मृति सरोकार अध्ययन केन्द्र, धनकुटा सहिद स्मृति प्रतिष्ठान र हुसाडेक नेपाल धनकुटाको संयुक्त आयोजना राष्ट्रिय सहिद दिवस कार्यक्रम मनाइएको हो ।
धनकुटाको भिमनारायण चोकमा रहेको सहिद भिमनारायण श्रेष्ठको सालिकमा माल्यार्णपन गरेर सुरु गरिएको ¥याली भीमसेन थान, परिचय मोड, चुवाको बोट, मदन चोक हुँदै बसपार्कमा रहेको सहिद स्मारकमा माल्यार्णपण गरेर समापन भएको थियो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पंचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्द र गंगालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । यसैको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने प्रचलन नेपालमा रहेको छ ।
- Dhankutapress