Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा–४ मा रहेको बाल पुनस्र्थापना केन्द्रलाई दुई लाख सहयोग

  •   ३ वर्ष अघि | १९ चैत्र २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला विभागले धनकुटा नगरपालिका ४ देब्रेबासस्थित श्रीपञ्चमीमा रहेको बाल पुनस्र्थापना केन्द्रका लागि दुई लाख रुपैया“ सहयोग गरेको छ ।

केन्द्रमा रहेका बालबालिकाको शिक्षा तथा दैनिकीको लागि उक्त रकम सहयोग गरिएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला विभागका उपाध्यक्ष रोजिना प्रधानले जानकारी दिइन् । उक्त केन्द्रमा १३ बालबालिका आश्रित रहेका छन् । उक्त रकम त्यहा“ रहेका अभिभावक विहिन बालबालिकालाई लेखपढ, आवास तथा खानाको प्रबन्धमा खर्च गरिने केन्द्रका अध्यक्ष सकुन्तला बस्नेतले बताइन् ।

रकम एनआरएनएका अध्यक्ष डा.बद्री केसी, उपमहासचिव सोम सापकोटा, सहकोषाध्यक्ष कृष्ण तिम्सिना, प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्र राउत, सचिव राधिका गुरुङले संयुक्त रुपमा रकम हस्तान्तरण गरे । बालबालिकालाई १२ कक्षासम्म अध्ययन गराउन समेत एनआरएनएले सहयोग गर्ने महिला विभागका उपाध्यक्ष प्रधानले जानकारी दिइन् । 

यसैबिच, मोरङ, सुनसरी र भोजपुरका अग्नी पीडितलाई समेत सहयोग गरिएका एनआरएनका अध्यक्ष केसीले बताए । यसक्रममा मोरङको रंगेलीका २३, सुनसरीको बर्जुका ३१ र भोजपुरका ५ अग्नीपीडित परिवारलाई जस्तापाता लगायतको सहयोग गरिएको जानकारी दिए । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ लगायतले धन्यवाद ज्ञापन गरे । 

  • Dhankutapress

थप