Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पोखरीमा डुवेर मृत्यु भएका बालकहरुका आफन्तलाई जनही ५ लाख

  •   ४ वर्ष अघि | १४ असार २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका–६ पात्लेखोलामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले संचालनमा ल्याएको बोटिङ गर्ने पोखरीमा डुवेर २ बालक मृत्युको घट्नाको पिडित पक्षसंग सहमति जुटेको छ ।

पिडित पक्षलाई फनपार्क संचालक समितिले जनही ५ लाखको दरले क्षतिपुर्ति दिने भन्ने भएपछि सहमति जुटेको हो । जस मध्ये क्रियाखर्च वापत आईतवार जनही ५०÷५० हजारका दरले मृतक वालकहरुका अभिभावकहरुले पाएका छन् । क्षतिपुर्तिका विषयमा सहमति जुटपछि पोखरीमा पौडी खेल्ने क्रममा मृत्यु भएका २ वालकको आईतवार धनकुटा अस्पतालमा पोष्टमार्टन गरीएको छ । पोष्टमार्टम पश्चात उनीहरुको लास परिवारले वुझेर आ–आफ्नो धार्मिक संस्कार र परम्परा अनुसार सनाखत गरेका छन् । 

सनिवार दिउँसो धनकुटा नगरपालिका–४ घर भएका विजय राईको १३ वर्र्षीय छोरा सोनिम राई र धनकुटा नगरपालिका–२ भिरगाउँ घर भएका दिलवहादुर राईका १४ वर्र्षीय छोरा उदय राईको फनपार्कले बनाएको पोखरीमा डुवेर ज्यान गएको थियो । धनपा वडा नं.४ का वडाध्यक्ष जम्शेर छाराहाङ आठपहरियाले लामो समयसम्म दुवै पक्षसंग छलफल भएपछि सहमति जुटेको वताए । फनपार्क संचालकले आगामी दिनमा पुनः पोखरी संचालन गर्दा लापार्वाही नगरी मापदण्ड पु¥याएर मात्र संचालन गर्ने भनि सरोकारवालाहरु विच सहमति जुटेको छ । फनपार्कमा पुनः पोखरी संचालन नगर्ने हो भने माछा पाल्ने नाममा पानी जमाउन नपाईने सहमति भएको छ । 

सहमति पत्रमा पिडित पक्षलाई वाँकी रकम ४ लाख, ५० हजार आगामी श्रावण ७ गते भित्र दिने निर्णय भएको छ । सहमति पत्रमा पिडित पक्ष र फनपार्क संचालक समितिका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् । धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले आन्तरिक पर्यटकका लागि संचालनमा ल्याएको बोटिङ गर्ने पोखरीमा ३ वर्ष यता शुल्क लिएर संचालन गर्दै आएको थियो । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एस्पी लक्ष्मीराज अधिकारीले फनपार्क संचालक र पिडितका आफन्त विच सहमति भएको वताए । उनले सहमति जुटाउने क्रममा भएको प्रशासन, पिडित पक्ष र फनपार्क  संचालक सहितको त्रिपक्षिय वार्तामा फनपार्कलाई पुन संचालन गर्दा मापदण्ड पु¥याएर मात्र संचालन गर्ने लिखित सहमति भएको वताए । सहमति पत्रमा फलपार्क संचालक समितिका अध्यक्ष गोपाल गुरागाँई, वडा नं.४ का वडाध्यक्ष जम्शेर छाराहाङ र पिडितका आफन्तले हस्ताक्षर गरेका छन् ।  


  • Dhankutapress

थप