Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पत्रकार लामा सहित सहिद परिवारलाई छिन्ताङ्गमा सम्मान

  •   ४ वर्ष अघि | १० पुस २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

छिन्ताङ्ग/नेपाल उत्पीडित जातीय मुक्ति समाजले आफ्नो संस्थाको ३५ औं स्थापना दिवशको अवसर पारेर छिन्ताङ्ग काण्डका शहिद परिवार तथा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । 

सम्मानितहरुमा जातिय मुक्ति आन्दोलन योद्धा स्व.भद्मान घले स्मृति कोष धनकुटाबाट इलामका समाजसेवी एवं नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य डम्वर पहाडीलाई नगद १० हजार सहित सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । 

त्यसैगरी इलामका यूवा समाजसेवी नवराज शंकरको स्मृतिमा स्थापना गरिएको नवराज शंकर यूवा प्रोत्साहन पत्रकारिता पुरस्कार मोरङ्गका यूवा पत्रकार किशोर विश्वकर्मालाई प्रदान गरिएको छ । उनलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । 

त्यस्तै गरि धनकुटाका युवा समाजसेवी भोजवहादुर वि.क. स्मृति कोषबाट धनकुटाबाट सम्मानित कार्यकारी पदमा पुग्ने १ नम्वर प्रदेस कै पहिलो महिला चौविसे गाउँपालिका धनकुटाका निवर्तमान उपाध्यक्ष यज्ञ कुमारी रुचाललाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । 

त्यसैगरी धनकुटामा रहेर विगत २ दशक भन्दा अघि देखि न्याय र समानताको लागि कलम चलाईरहेका पत्रकार सन्तवीर लामालाई पनि समाजसेवी एवं जातिय मुक्ति आन्दोलनका अगुवा स्व.डिल्लीश्वर दर्नाल स्मृति प्रतिष्ठान धनकुटाको तर्फवाट सम्मान गरिएको छ । उनलाई दोसल्ला र सम्मान पत्रले संस्स्थाका अध्यक्ष युवराज दार्नाल र संरक्षक सुकमाया दर्नालले सम्मान गरेका हुन् ।  

त्यसैगरी ०३६ सालको छिन्ताङ्ग काण्डमा सहादत प्राप्त गरेका सहिदहरुका परिवारका सदस्यहरुलाई पनि कार्यक्रम आयोजक संस्था नेपाल उत्पीडित जातीय मुक्ति समाज १ नम्वर प्रदेस समितिको तर्फबाट दोसल्ला, सम्मान पत्र र यातयात खर्च वापत नगद प्रदान गरेर सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा गोपाल आनन्द राईका श्रीमती थाममाया राई, पुत्रमान थुलुङ राईका छोरा वलराम थुलुङ राई, रणध्वोज पुमा राईका छोरा भाईलाल पुमा राई, लाखमान साधु राईका छोरा गंगावहादुर साधु राई रहेका छन् । 

त्यसैगरी सम्मानित हुनेहरुमा गम्भिरमान दमाईका श्रीमती भजना दमाई, धनवीर दर्जीको छोरा सोमवहादुर दर्जी, गंगावहादुर तुप्रिहाङ्ग राईको वुहारी फूलकुमारी राई, चन्द्र वहादुर दर्जीको छोरा वोधवहादुर दर्जी, गणेश वहादुर विश्वकर्माको छोरा खुशवहादुर विश्वकर्मा लागायतलाई दोसल्ला, सम्मान पत्र र यातयात खर्च प्रदान गरेर सम्मान गरिएको थियो । 

सम्मानित हुनेहरुलाई नेकपा एमाले केन्द्रिय कमिटिका वरिष्ठ उपाध्यक्ष, पुर्व उप–प्रधान तथा रक्षा मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि इश्वर पोख्रेल, आयोजक संस्थाका अध्यक्ष उमेश विश्वकर्मा, प्रतिष्ठानका संरक्षकहरुले संयुक्त रुपमा सम्मान गरेका थिए । स्मरण रहोस ०३६ सालको छिन्ताङ्ग हत्याकाण्डमा सहदत प्राप्त गरेका मध्ये ५ जना उत्पिीडित समुदायका सदस्य रहेका थिए ।   

नेपाल उत्पीडित जातीय मुक्ति समाज १ नम्वर प्रदेस कमिटिका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न छिन्ताङ्ग काण्डका सहिद परिवार तथा विभिन्न व्यक्तित्व सम्मान कार्यक्रममा सहिद श्रीमाया राई हाङ्गखिमा साँहिलीका छोरा भलकमान राई, नेकपा एमालेको १ नम्वर प्रदेस कमिटि अध्यक्ष तुलसी न्यौपाने, प्रदेस उपाध्यक्ष टिकाराम चेम्जोङको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा एमाले जिल्ला कमिटि धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुली, प्रदेससभा सदस्य निरन राइ, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, सहिभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई, मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर विश्वकर्मा पौडेल, केन्द्रिय उपाध्यक्ष अनुभुतिवम नेपाली, महासचिव खेम नेपाली, नेकपा एमाले लेखा आयोगका सदस्य डिवि शाहा शंकर, धनकुटाबाट कोपिला शंकर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन समाजका प्रदेश सचिव कृष्ण रुचालले गरेका थिए । 


  • Dhankutapress

थप