Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

३५ वर्ष पछि आमा–छोराको भेट, परिवारमा छायो खुशियाली

आमाले भनिन्–छोरा आउँछ जस्तो लागेको थिएन, आयो, यो भन्दा खुशी मेरो लागि संसारमा केहि छैन ।

  •   ३ वर्ष अघि | २१ फाल्गुन २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं.७ वसपार्कमा विगत ४५ वर्ष अघि देखि पसल गर्दै आएकी लक्षिमाया तामाङ (गौतम) को घरमा आइतवार देखि खुशियाली छाएको छ । 

लक्षिमायाको जेठो छोरा ३५ वर्ष पछि भारतको कर्नाटकाबाट श्रीमती सहित घर फर्किए पछि आमा–छोरा सहित परिवारमा मिलन भएसंगै खुशियाली छाएको हो । लक्षिमायाको जेठो छोरा पुर्ण वहादुर तामाङ ०४५ सालमा आफ्नो जन्म घर छाडेर मुङ्गलान भासिएका थिए । उनी ३५–३६ वर्ष पछि आफ्नो घर धनकुटा आइपुगेका हुन् । उनले घर छोड्दा १४/१५ वर्षका थिए । अहिले उनी ५२ वर्षका भएका छन् । 

उनी दक्षिण भारत कर्नाटका स्थित् महेश्वर डिस्टिकको चामुन्डाहिलबाट एक हप्ता अघि हवाई मार्गबाट नेपाल आएका थिए । उनीसंगै उनका श्रीमती तामिलनाडुकी जया पुरनसिंह पनि आएकी छन् । भारतको वैंलोर देखि हवाई मार्ग हुँदै उनीहरु काठमाण्डौं आएका थिए । नेपाल आएपछि काठमाण्डौंको केहि स्थान, मनकामना मन्दिर र पोखरा घुमेर उनीहरु धनकुटा आएका हुन् ।

सवै भाई वहिनीको सानो छँदा घरमा वोलाउने नाम लिए पछि आमाले भनिन् छोरा मेरै हो .......

लामो समय पछि आईतवार घर आइपुग्दा पुर्ण वहादुर तामाङलाई उनका परिवारले कसैले चिनेन् । ६८ बर्षिया आमा लक्षिमायाले भनिन्–‘ छोरा फर्केर आउँछ भन्ने लागेको थिएन, दिन दरै रहेछ,छोरा आयो, आफ्नै छोरा हो भन्ने शुरुमा लागेन, पछि गफ गर्दै जाँदा आफ्नै छोरा हो भन्ने प्रमाणित भए पछि खुशिको कुनै सिमा रहेन ।’ ’तर, शुरुमा छोरा होकि हैन चिन्न समय लाग्यो । शुरुमा अरु भाईबहिनीहरुको नाम क्रमशःलिएपछि मात्रै आफ्नै छोरा रैछ भन्ने बल्ल विश्वास लाग्यो‘–आमा लक्षिमायाले भनिन् । 

लक्षिमायाको तिन भाई ४ भाई छोरा मध्ये अहिले माइला छोरा भूपाल वैदेशिक रोजगारीको शिलशिलामा कत्तारमा छन भने साँहिलो गोपाल र कान्छो राम घरैमा छन् । पूर्ण वहादुरका ३ जना दिदिवहिनीहरु पनि छन् । पुर्णवहादुर ०४५ सालमा होलीको वेला माहिला भाई भूपालसंग सामान्य झगडा परेपछि घर छोडेर हिडेका थिए । घर छोडेर हिडेपछि धनकुटाको जिरोपोइन्टबाट बस चडेर काठमाण्डौ जाने भनेर हिडेका थिए । तर, शुरुमा उनी काठमाण्डौं नपुगी सिराहाको लाहानमा ३ महिना होटलमा काम गरे । 

०४५ सालको भुँईचालो आको बेला जन्मेको कान्छि वहिनी खोई भनेपछि आमा छक्क परिन..........

त्यसपछि उनी काठमाण्डौं पुगेर ९ महिना होटलमा भाँडा माझ्ने काम गरेर पोखरा गएको पूर्णवहादुरले वताए । पोखरामा पनि त्यहाँ रहेको सुनागाभा होटलमा करिव ९ महिना जति काम गरेका थिए । त्यहि वेला एक जना भारतीय कुक्संग चिनजान भएपछि उनी भारतको गौवा पुगेका थिए । गौवामा ति भारतियले भनेको मान्छे नभेटाएपछि सेक्युरेटी गार्डमा काम गरेको उनले वताए । गौवामा तिन वर्ष वसेपछि कर्नाटका महेश्वरको दशरा भन्ने ठाउँमा पुग्दा श्रमती जया पुरनसिंहसंग भेट भएको थियो । 

साँहिला भाई गोपाल भन्छन्–खै मेरो जस्तै अनुहार छ, दायाँवाट साहिला भाई गोपाल र कान्छा रामको विचमा जेठा पूर्ण वहादुर ।

भेटपछि उनले करिव १ वर्ष पछि आज भन्दा २८ वर्ष पहिले जयाँसंग इस्वि सन् १९९७ मा विवाह गरेर कि रिङमा स्टिकर टाँस्ने अनि विक्रि गर्ने व्यवसाय गरिरहेको बताए । अहिले उनको २५ वर्ष र २० वर्षको २ जना छोराहरु छन् । पूर्णको जेठो छोरा टिभिएस मोटर साईकल कम्पनिमा काम गर्छन भने कान्छो छोरा कम्प्युटर साईन्समा डिप्लोमा पढीरहेका छन् ।  

पूर्ण वहादुर घर आएपछि लक्षिमायाको चार छोरा वुहारी, तिन छोरी ज्वाँई र २२ जना नातानातिनीहरु, मावलीहरु पनि भेला भएर खुशी साटसाट गरिहेका छन् । पूर्ण वहादुरकी श्रीमती जया पुरनसिंह भने नेपाली भाषा त के हिन्दी भाषा समेत वोल्न जान्दैनन् । उनी तामिल भाषामा मात्र बोल्ने गरेकी छन् । उनी भन्छिन्–पूर्ण वहादुर त नेपाल आउन मानिरहेको थिएन, मैले जर्वजस्ती लिएर आएकी हौं ।’ पूर्ण वहादुरले शुरुमा आफ्ना आमा, भाई, वहिनीहरु कहाँ कसरी वसेका छन् भन्ने अनुमान मात्र लगाएका थिए । शुरुमा धनकुटा वसपार्क आएर हुलाकटोलका नारयण/इश्वर श्रेष्ठको पसलमा पुगेका थिए । त्याहाँ पुग्दा पनि घर पत्ता नलागेपछि पुनः उनी वसपार्क फर्केर सोधीखोजी गरेर आफ्नो परिवार र जन्म दिने आमालाई भेटेका थिए ।     

तामिल नाडुकी तामिली वुहारी जया पुरणसिंकी साथमा साशु लक्षिमाया तामाङ (गौतम) 

  • Dhankutapress

थप