Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न

अध्यक्षमा धनकुटा नगरपालिकाका प्रशासकिय अधिकृत डम्वर रोगु चयन

  •   ४ वर्ष अघि | २६ भदौ २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

काठमाण्डौ/ “स्थानीय सेवा, स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशन सनिवार काठमाडौमा सम्पन्न भएको छ । 

महाधिवेसनबाट धनकुटा नगरकार्यपालिकामा प्रशासकिय अधिकृतमा पदमा कार्यरत डम्बर रोगुको अध्यक्षतामा ४९ सदस्सीय केन्द्रीय कार्य समिति सर्बसम्वत रुपमा चयन गरिएको छ । एशोसिएशनको बरिष्ठ उपाध्यक्षमा बद्रीमान नगरकोटी, महिला उपाध्यक्षमा जमुना कुमारी भुजेल,महासचिव सितु प्रसाद श्रेष्ठ,कोषाध्यक्षमा सानुमैया डंगोल,उप महासचिवमा चित्रबहादुर विश्वकर्मा र सह कोषाध्यक्षमा खगेन्द्र प्रसाद खतिवडा निर्वाचित भएका छन् ।

त्यसै गरी प्रादेशिक समितिको अन्तर्गत १ नं प्रदेश अध्यक्षमा त्रिलोचन पौडेल, मदेश प्रदेश अध्यक्षमा अजय कुमार शर्मा, वागमती प्रदेश अध्यक्षमा निरन श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्षमा अरुण पौडेल, लुम्विनी प्रदेश अध्यक्षमा राजन कुमार केसी र सुदुरपश्चिम प्रदेश अध्यक्षमा लालमान तामाङ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी केन्द्रिय सदस्यहरुमा निर्मला बस्नेत, निरन्जनकुमार क्षेत्री, ज्ञानप्रसाद अर्याल’, ठगिश्वर पोखरेल, मधुसुधन घर्ती, बद्रीप्रसाद रिमाल, संजयकुमार ढुंगाना, सञ्जिवकुमार सिंह,भिमबहादुर विश्वकर्मा, शुशिल कर्ण, अमर राय, ओमनाथ ढकाल, पदमराज श्रेष्ठ चयन भएका छन् ।

महाधिवेसन आयोजक समितिका संयोजक राजकुमार थापाको अध्यक्षतामा सम्पन्न राष्ट्रिय महाधिवेशनको समुद्घाटन प्रमुख अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यन्जुबाट भएको थियो । उद्घघाटन समारोहमा विशिष्ट अतिथि संगठन पुर्व अध्यक्ष इन्द्र प्रसाद अधिकारी पुर्व संयोजक श्रीराम आचार्य, पुर्व उपाध्यक्ष रुपेश बोडे श्रेष्ठ र सल्लाहकार त्रिलोचन पौडेल लगायतको उपस्थिती थियो । 

उद्घघाटन शत्रमा प्रमुख अतिथि नेपाल नगरपालिका संध अध्यक्ष अशोक व्यन्जुले स्थानीय तहहरुमा जनप्रतिनिधिहरु र कर्मचारीवीचको साझा प्रयत्नबाट मात्र सरकारका सेवा प्रवाह प्रभावकारी र नतिजामुखी बन्न सक्ने वताए । सङघीय सरकारबाट संविधानत स्थानीय तहलाई प्राप्त भएको अधिकार कटौती भएकाले यसलाई संस्थागत गर्न नेपाल नगरपालिका संघ र कर्मचारी एशोसिएसनबीच साझा अवधारणा बनाएर अगाडि बढ्नु पर्नेमा अध्यक्ष व्यन्जुले जोड दिए ।

स्थानीय सरकारहरुले स्थानीय सेवा व्यवस्थापनका लागि जारी गरिएका कानुन कार्यान्वयनमा ल्याउन अभियान सञ्चालन गर्नु पर्ने वताउँदै अध्यक्ष व्यन्जुले भने–‘सङघीय सरकारले लोकतन्त्तको आधारस्तम्भ स्थानीय सरकार सञ्चालनका लागि जनप्रतिनिध र कर्मचारीहरुको लागि सेवा प्रवाह गर्न आवश्यक क्षमता विकासका लागि योजना तथा कार्यक्रम कार्यान्वयन गरिनु पर्दछ ।’ 

स्थानीय तहका कर्मचारीले आवश्यक सीप र दक्षता विकास गरी सक्षम जनशक्तिको रुपमा स्थापित हुनु पर्ने आजको आवश्याक्ता रहेको औल्याउँदै उनले भने–‘जनप्रतिनिधिले कानुन विपरितका काममा कर्मचारी परिचालन गरिनु हुँदैन ।’ अध्यक्ष व्यन्जुले आगामी दिनमा स्थानीय तहका कर्मचारीहरुको पेशागत हित र स्थानीय सरकारलाइ सवल बनाउनका लागि नेपाल नगरपालिका संघ सहयोग र समन्वय गर्न सदैव प्रतिवद्ध रहेको विचार गरे ।

त्यसैगरी नवनियुक्त अध्यक्ष डम्बर रोगुले अफ्ना प्रतिवद्धता मन्तव्य राख्दै एशोसिएसनको संस्थागत संरचनालाई विधान अनुसार पालिकास्तरमा विस्तार गरी संगठनात्मक रुपमा सुदृढ गर्ने वताए । उनले पालिकाहरमा कार्यरत कर्मचारीहरुको बृत्ति विकास र सेवाको सुरक्षाको लागि साझा प्रयत्न हुने वताएका छन् । साथै अध्यक्ष रोगुले नव गठित कार्य समितिका सवै पदाधिकारीहरुको सामुहिक उत्तरदायित्व र जिम्मेवारी सम्पादन प्रणालीको माध्यबाट संस्थाको नियमित गतिविधि सञ्चालन गरिने बताए ।

उद्घघाटन समारोहमा विशिष्ट अतिथि संगठनका पुर्व अध्यक्ष इन्द्रप्रसाद अधिकारी पुर्व संयोजक श्रीराम आचार्य शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संगठनका महाधिवेसन आयोजक समितिका सदस्य सोहन थापाले गरेका थिए ।



  • Dhankutapress

थप