धनकुटा प्रेस सम्वाददाता
विराटनगर/प्रदेश नं.१ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले लोकतन्त्रलाई बलियो बनाउन संचार जगतको मुख्य भूमिका हुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश समितिको दोश्रो प्रदेश भेलाको उद्धघाटन सत्रलाई मंगलवार विराटनगरमा सम्वोधन गर्दै मुख्य मन्त्री राईले यस्तो वताएका हुन् । मुख्य मन्त्री राईले भने–‘लोकतन्त्रमा प्रतिपक्षलाई संसदमा बलियो मानिन्छ, तर रचनात्मक हुनु पर्दछ ।’ समाजको मुख्य दबाब शक्ति रुपमा रहेको पत्रकारहरुले सुशासन र लोकतन्त्रको कार्यान्वयनको लागि सहि ढंगले प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्नेमा मुख्य मन्त्री राईले जोड दिए । उनले लोकतन्त्रमा जनताले निर्णय गर्छन भने जनप्रतिनिधिहरुले कार्यान्वयन मात्र गर्ने वताए ।
अतिथिको रुपमा साधरणसभा सहभागी हुनु भएका १ नम्वर प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र कुमार राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र वहादुर आङ्गवो र यायतयात व्यवस्था तथा संचार मन्त्री उपेन्द्र घिमिरेसंग सामुहिक तस्विर लिँदै पत्रकारहरु ।
मुख्य मन्त्री राईले आफुले किराँत प्रदेश भएन भने राजनीति नै छाड्छु भनेर जिम्मेवार संचार माध्यामहरुले गलत प्रचार गरेको भन्दै गुनासो गरे । उनले आफूले यो मुलुकको ठूलो भनिएका राजनीतिक पार्टीहरुले जनता माँझ भोट माग्न जाँदा वहुपहिचानको कुरा गर्ने जितेर गएपछि कार्यान्वयन नगर्ने भन्ने हिसावले मात्र आफूले प्रदेशको नामकरणको विषयमा कुरा गरेको स्पष्ट पारे ।
प्रदेश भेलामा विभिन्न जिल्लावाट सहभागी जिल्ला अध्यक्षहरु एवं प्रदेश पार्षदहरु वन्द सत्रमा सहभागी हुँदै ।
मन्त्री आङ्गवोले संघिय सरकारको संसदले निजामती कर्मचारी ऐन, प्रहरी ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन नबनाई, आज आएर प्रदेश आवश्यक छैन भनेर संघियताको विरुद्ध षडयन्त्र गरिरहेको खुलासा गरे । अहिलेको शासन व्यवस्था प्रति प्रश्न उठाउने काम भएको छ, यस प्रति संचार जगतले गम्भिर भएर कलम चलाउन पर्नेमा मन्त्री आङ्गवोको जोड थियो ।
त्यसैगरी यातयात व्यवस्था तथा संचार मन्त्री उपेन्द्र घिमिरेले पनि संसदिय अभ्यासको स्थायित्व पाउने कुरामा चुनौती देखिएको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । उनले प्रदेश सरकारको संसदमा ६३ वटा कानुन् पेश भएकोमा ६२ वटा कानुन पास भए पनि ८ देखि १० वटा मात्र कार्यन्वयन भएको वताए । मन्त्री घिमिरेले ६२ वटा कानुनहरु पास हुँदा प्रदेस संसदमा प्रदेश संचार प्रतिष्ठान विधेयक पास हुन नसकेको स्मरण गराए ।
प्रदेश संचार विधेयक श्रमजिवि पत्रकार र सवै खाले पत्रकारहरुको थियो भन्दै मन्त्री घिमिरेले भने–‘त्यो विधेयक प्रदेश नं.१ को संसदबाट पास हुन सकेन।’ आगमी संसदमा अवश्य पनि पेश हुनेछ–मन्त्री घिमिरेले थपे ।
पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले राज्यले साईवर क्राईमको मुद्धालाई अघि सारेर पत्रकारहरुलाई दुःख दिन थालेको आरोप लगाए । उनले पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाको ग्यारेण्टी गर्न सरकारसंग माग गरे । साईवर क्राईमको नाममा मेन स्ट्रिमका पत्रकारहरुलाई दुःख दिने काम तत्काल वन्द गर्न सरकारसंग आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश समितिका अध्यक्ष लिला वल्लभ घिमिरेको अध्यक्षतमा सम्पन्न दोश्रो प्रादेशिक साधरणसभाको वन्द सत्रमा महासचिव विवेक गौतमद्धारा सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष विमल लामिछानेद्धारा प्रश्तुत् आर्थिक प्रतिवेदन माथि छलफल सहित पारित गरिएको छ । कार्यक्रमको उद्धघाटन सत्रमा महासंघका केन्द्रिय पदाधिकारी एवं सदस्यहरु, प्रदेश स्तरका पत्रकारजन्य संघ, संगठनका प्रमुखहरु, प्रदेश पदाधिकारी, एवं प्रदेश पार्षदहरु, अग्रज पत्रकारहरु, जिल्ला शाखाबाट आएको अध्यक्ष एवम् पार्षदहरुको उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासंघ, धनकुटा शाखाको ११ औं साधरणसभा पर्यटकिय क्षेत्र राजारानीमा सम्पन्न :
नेपाल पत्रकार महासंघको देशव्यापी रुपमा प्रदेश र जिल्ला साधरणसभा सम्पन्न हुने क्रममा धनकुटा शाखाको पनि ११ औं साधरणसभा पर्यटकिय केन्द्र चौविसे गाउँपालिकाको राजारानीमा भव्य रुपमा सम्पन्न भएको छ ।
चौविसे गाउँपालिकाका प्रमुख राजकुमार चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न ११ औं साधरणसभाको उद्धघाटन सत्रमा पत्रकार महासंघ धनकुटा शाखाले हालै प्रकाशन गरिएको संचार डायरी सनिवार विमोचन गरिएको छ । संचार डायरी धनकुटा नगरपालिकाको सहयोगमा प्रकाशन गरिएको हो ।
संचार डायरी विमोचन गर्दै गाउँपालिका अध्यक्ष चेम्जोङले सत्य, तथ्यमा आधारित भएर निष्पक्ष ढंगले पत्रकारिता गर्न पत्रकारहरुलाई सुझाव दिए । उनले आफू पहिलो पटक गाउँपालिकामा प्रमुख भएर आएको छु भन्दै पत्रकारहरुलाई भने–‘चौविसे क्षेत्र हरेक हिसावले ओझेलमा परेको छ, पत्रकारहरुले यहाँ हुने गरेको हरेक गतिविधिहरु र पर्यटकिय क्षेत्रहरुको खोजी खोजी समचार लेखि दिन आग्रह गर्दछु।’ उनले पत्रकार महासंघसंग आगामी दिनमा गाउँपालिकाले गर्ने हरेक क्रियाकलापहरुमा समन्वय र सहकार्य गरेर जाने प्रविद्धता समेत जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पत्रकार कल्याणकोष स्थापनार्थ र भवन निर्माण गर्दा योगदान पु¥याउने पत्रकारहरु विजय सन्तोषी राई, सन्तवीर लामा, खगेन्द्र प्रसाद घिमिरे, मोहन वान्तावा, रमेशचन्द्र अधिकारी, गोपाल वराईली, हिमा चेम्जोङ, सन्तोष रुचाल, देवकला कार्की लगायतलाई सम्मान गरिएको छ ।
अतिथिको रुपमा साधरणसभा सहभागी हुनु भएका धनकुटा नगरपालिका वडा नं.८ का वडाध्यक्ष रसवहादुर आठपहरियालाई सम्मान गरिदै ।
त्यसैगरी महासंघको नाममा श्रमजिवी क्रियाशिल पत्रकाहरुलाई उत्प्रेरित गर्ने उदेश्यले पुरस्कार राशी स्थापना गर्न सहयोग गर्ने महासंघ धनकुटा शाखाका निवर्तमान अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ र वर्तमान कार्य समितिका उपाध्यक्ष विदुर खवासलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी धनकुटा नगरपालिका वडा नं.८ का वडाध्यक्ष रसवहादुर आठपहरियालाई पनि महासंघमा इन्टरनेट विस्तारमा सहयोग गरेकाले सम्मान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न ११ साधरण सभाको वन्द सत्रमा सचिव हरिवहादुर लम्जेलद्धारा प्रश्तुत् सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष रविन कट्टेलद्धारा प्रश्तुत् आथिृक प्रतिवेदन पारित गरिएको छ । त्यसैगरी महासंघको बन्द सत्रले ९ वुँदे चौविसे घोषणापत्र समेत जारी गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय सारधणसभा यहि पौष ८ गते देखि सुर्खेत हुन गइरहेको छ ।
- Dhankutapress