Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

लिम्वुवान बन्दका कारण १ नम्वर प्रदेशको जनजिवन प्रभावित

  •   ३ वर्ष अघि | २२ साउन २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/राष्ट्रिय जनमुक्ति पार्टीले आव्हान गरेको बन्दका कारण धनकुटा सहित १ नम्वर प्रदेशको जनजिवन सोमवार प्रभावित भएको छ । 

राष्ट्रिय जनमुक्ति पार्टी लगायत ७ वटा घटकरुले आव्हान गरेको बन्दका कारण धनकुटा लगायत प्रदेश नं.१ अन्तर्गतको लिम्वुवानी जनजिवन अस्तव्यस्त भएको हो । 

नेपालको नयाँ संविधान २०७२ टेकेर वनेको कुनै पनि सरकारले हाल मुलुकमा जाती, वर्ग, लिंग र समुदायलाई संवैधानिक रुपमा अधिकार सम्पन्न गराउन नसकेकाले अहिलेको संरकारको विरोधमा बन्द आह्वान गरिएको राष्ट्रिय जनमुक्ति पार्टीका नेता विष्णु थाम्देनले वताएका छन् । अव राखिने एक नम्वर प्रदेशको नाम लिम्बूवान–किराँत हुनुपर्ने उनीहरुको माग छ । उनले नेपाललाई पूर्ण संघीय व्यवस्थामा लानको लागि दवाव सृजना गर्न पनि १४ वर्ष अघि देखि निरन्तर वन्द आव्हान गरिएको स्पष्ट पारेका छन् ।

वि.स. १८३१ श्रावण २२ को गोर्खा राज्यसंग भएको सन्धिलाई आधार मानी विगत १४ वर्षदेखि उक्त पार्टीले हरेक वर्ष श्रावण २२ लाई कालो दिवस तथा धोका भनेर लिम्बुवान बन्दको आह्वान गरिरहेको छ । वन्दको कारण धनकुटामा सार्वजानिक सवारी साधनहरु ठप्प भएका थिए । जस्ले गर्दा कोशी पहाड पूर्ण रुपमा प्भावित भयो । विद्यालयहरुपूर्ण रुपमा वन्द रहे । वन्दको कारण कुनै पनि अप्रिय घट्ना नभएको धनकुटा लगायत कोशी पहाडी जिल्लामा वन्द शान्तीपुर्ण भएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । 

अन्य तस्विरहरु :


  • Dhankutapress

थप