Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सप्तकोशी उच्च बाँध विरुद्ध गठित संघर्ष समितिद्वारा स्थानिय सरकारलाई ज्ञापन पत्र

  •   १ वर्ष अघि | २५ बैशाख २०८२, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/सप्तकोशी उच्च बाँध विरुद्ध गठित संघर्ष समितिले वुधवार जिल्ला प्रशासन कार्यालय धनकुटा, सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकालाई कोशी उच्च बाँध निर्माण योजना खाारेजीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिकामा ज्ञापन पत्र बुझाइ संघर्ष समिति जिल्ला प्रशासन कार्यालय धनकुटा र साँगुरीगढी गाउँपालिका कार्यालय भेडेटार धनकुटालाई उच्च बाँध निर्माण आयोजना खाारेजीको माग सहित ज्ञापन पत्र बुझाइएको संघर्ष समितिका अध्यक्ष असिम राईले बताए ।सहिदभूमि स्थानिय पालिका र जिल्ला प्रशासन कार्यालय धनकुटामा पेश गरिएको ज्ञापन पत्रमा भनिएको छ–‘नेपालको समृद्धि र विकास अत्यावश्यक भए पनि, त्यसको मूल्यमा स्थानीय जनताको जीवन, संस्कृति र अस्तित्वको बलिदान स्वीकार्य हुने छैन । कोशी उच्च बाँधजस्तो एकपक्षीय परियोजनाले हाम्रो पुख्यौली भूमि, प्राकृतिक स्रोत, सामाजिक संरचना र सांस्कृतिक पहिचानलाई स्थायी डुबानमा पार्ने गम्भीर खतरा निम्त्याएको छ। यस खालको अन्याय र सम्भावित विनाशको विरुद्ध, हामीले कोशी उच्च बाँध विरुद्ध संघर्ष समिति गठन गर्दै संगठित, शान्तिपूर्ण र बौद्धिक आन्दोलनको घोषणा गरेका छौं ।’ ज्ञापन पत्र सहिदभूमि गाउँपालिकामा पालिका अध्यक्ष मनोज राई, साँगुरीगढी गाउँपालिकामा पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई र जिल्ला प्रशासन कार्यालय धनकुटामा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई वुझाइएको थियो । 

सप्तकोशी उच्च बाँधले भौगोलिक विनास, सांस्कृतिक विनाश, प्राकृतिक विनाश,सामाजिक अन्याय लगायतका प्रभावित समुदायको पूर्वसहमति विना परियोजना अघि बढाइनु अन्त्राष्ट्रिय कानून्, लोकतान्त्रिक मूल्य र मानव अधिकारको स्पष्ट उल्लङ्घन हो भनेर ज्ञापन पत्रमा भनिएको छ । यसपछि डुबान क्षेत्रका जिल्ला÷जिल्लाका माननीयहरु, संघीय संसदहरु समेतलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको संघर्ष समिति अध्यक्ष राईले बताए ।

  • dhankutapress

थप