Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

घेदुङको नवौँ महाधिवेशनको सम्पूर्ण तयारी पुरा

  •   ५ वर्ष अघि | २७ फाल्गुन २०७८, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

काठमाण्डौं / नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले घेदुङको नवौँ संघिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएका छन् ।

शुक्रवार घेदुङको सभा हलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष गोलेले महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएका हुन् । ‘अहिले सबै हिसाबले हामीले तयारी पुरा गरिसकेको अवस्था छ । कुनै प्राकृतिक विध्वंस नभए अब महाधिवेशन भयो । एक भयो, दुई भयो, तीन भयो,’ अध्यक्ष गोलेले भने ।

घेदुङको अधिवेशन धुम्बराहीस्थित एसआर ब्याङ्क्वेटमा तिन दिनसम्म चल्नेछ ।

उद्घाटनमा तामाङ संस्कृति सम्बन्धी गीत सङ्गीत तथा झाँकी प्रस्तुत हुने अध्यक्ष गोलेले बताए । ‘महाधिवेशन उद्घाटन आइतबार दिउँसो १२ बजे हुनेछ । उद्घाटनमा पूर्व अध्यक्ष परशुराम तामाङ प्रमुख अतिथि हुनेछन । यस पटकको तामाङ घेदुङको नवौं संघिय महाधिवेशनको उद्घाटनमा ताम्बा, बोन्बो, लामा देखि, नेपाल संस्कृति घेदुङको विशेष प्रस्तुति, तामाङ कलाकार संघ, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति, म्हेन्दोमाया नृत्य रहनेछन्,’ घेदुङका अध्यक्ष गोलेले भने ।


उद्घाटन सत्रमै तामाङ भाषाको शिक्षा लागू भएका गाउँपालिका अध्यक्ष लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गोलेले जानकारी दिए । लगत्तै बन्द सत्रबाट सांगठानिक, आर्थिक, विधान संशोधनलाई सामान्य छलफल गरेर औपचारिकरुपमा पारित गराउने विधि अपनाउने घेदुङको तयारी रहेको छ ।

महाधिवेशन फागुन २९ गते उद्घाटन भएर चैत १ गते सकिनेछ । महाधिवेशनका लागि अहिले जिल्लाबाट प्रतिनिधिहरू आउन थालेको घेदुङका महासचिव बाबु घिसिङले जानकारी दिए ।

यस वर्ष संघिय महाधिवेशनमा ८०० को हाराहारीमा प्रतिनिधि÷पर्यवेक्षकहरुको सहभागीता  हुने घेदुङले जनायो ।

यस पटक घेदुङले ”तामाङ भाषा, संस्कृतिको प्रवर्द्धन सहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, दीर्घकालीन सङ्घर्षको योजना सहित जुझारु नेतृत्व चयनका लागि नवौँ महाधिवेशन” भन्ने नारा तय गरेको छ ।

चितवन घोषणापत्र जारी गर्दै २०७२ चैत १ गते निर्वाचित घेदुङको कार्यसमिति कोरोना महामारीका कारण पटक पटक महाधिवेशनको समय सर्दै आएकोमा यस पटक भने तोकिएकै समयमा महाधिवेशन हुने अध्यक्षले गोलेले बताए । घेदुङको निर्वाचित कार्य समितिको अवधि ४ वर्षको हुने विधानमा व्यवस्था रहेको छ ।

घेदुङमा पदाधिकारी कति हुन्छन् भन्ने बारे प्रश्न गर्दा अध्यक्ष गोलेले पदाधिकारी २१ जनाको बनाउने बताए । यस पटक पदाधिकारी बढेका छन् । सबैलाई पद पुग्छ होला‚ उनले भने । पत्रकार सम्मेलनमा महासचिव वावु घिसिङ, सचिव रामकृष्ण ब्लोन, घेदुङका सल्लाहकार एवं निवर्तमान वरिष्ठ उपाध्यक्ष सुजेन्द्र गोले, घेदुङका अगुवा लक्ष्मण मोक्तान लगायतको उपस्थिति रहेको थियो । 

  • dhankutapress

थप