Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटामा मानवअधिकार उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा कमी आयो

  •   ११ महिना अघि | २६ मंसिर २०८२, बिहिबार

पञ्चमाया तामाङ

धनकुटा प्रेस/धनकुटामा मानव अधिकार उल्लंघनका घटनामा गत वर्षको तुलनामा यो वर्ष कमी भएको पाइएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकले सन् २०२५ मा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७१ ओटा घटना अभिलेख गरेको इन्सेक धनकुटा प्रतिनिधी ईश्वर थापाले जानकारी दिए । जसमा बालअधिकार विरुद्धका ७ः, हत्या १, कुटपिट १, महिलाविरुद्ध घटना ६२ गरि ७१ जना पीडित भएको अभिलेख गरेको थापाले बताए । 

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सन् २०२५ को जनवरीदेखि डिसेम्बर ९ ंसम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो । इन्सेकको प्रतिवेदन अनुसार जिल्लामा गत वर्ष ९९ ओटा घटना अभिलेख गरिएको यो वर्ष ७१ ओटा घटना भएको थापाको भनाइ छ । ७७ औ विश्व मानव अधिकार दिवसको अवसरमा आयोजना गरिएको पूर्व समीक्षा कार्यक्रममा धनकुटामा मानवअधिकारको अवस्था तथा मानवअधिकार रक्षाका लागि नागरिक समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको गरिएको थियो । 

यस्तै लैंगिक हिंसा विरुद्धको १६ दिन अभियानको समापन गरिएको थियो । अन्तरक्रिया कार्यक्रम गैसस महासंघ धनकुटा, नेपाल पत्रकार महासंघ धनकुटा, मानव अधिकार एलाइन्स धनकुटा, इन्सेक धनकुटा र हुसाडेक नेपालको संयुक्त आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा गैसस महासंघ धनकुटाका अध्यक्ष मिनप्रसाद सुवेदीले मानवअधिकार रक्षाका लागि नागरिक समाजको भुमिका विषयक कार्यपत्र र धनकुटाका नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख फूलमाया तामाङ्गले धनकुटामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा भएका गतिबिधीको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

  • dhankutapress

थप