फोनिज १ नम्वर प्रदेश समितिद्धारा पत्रकार महासंघलाई ज्ञापनपत्र
धनकुटा प्रेस सम्वाददाता
विराटनगर/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिले नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश समितिलाई शुक्रवार ज्ञापनपत्र बुझाएको छ ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनपर्ने माग सहित फोनिज १ नम्वर प्रदेश समितिले विराटनगर स्थित् महासंघको प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । फोनिज १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाको अगुवाईमा संघिय समिति सदस्य सुजता निङ्गलेखु, कोषाध्यक्ष प्रेम देवान, प्रदेश सदस्यहरु व्रम्हलाल हजारी, सुप्रिया राई, मोरङ फोनिजका अध्यक्ष अनिल श्रेष्ठ लगायतको उपस्थितीमा पत्रकार महासंघ १ नम्वर प्रदेश समिति मार्फत केन्द्रलाई ज्ञापनपत्र बुझाएको हो । पत्रकार महासंघ १ नम्वर प्रदेश समितिका तर्फबाट महासचिव विवेक गौतमलेले ज्ञापन पत्र बुझेका हुन् ।
वि.सं.२००८ साल बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र वि.सं.२००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । तर, २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बन्नुभएको हो । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ नै संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरिएको ज्ञापन पत्रमा उल्लेख छ । नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई भएको उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने सही तथ्यलाई स्थापित गराउन ज्ञापनपत्र मार्फत फोनिज १ नम्वर प्रदेश समितिले नेपाल पत्रकार महासंघसँग जोड्दार माग गरेको छ ।
नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश समितिका महासचिव विवेक गौतमले फोनिजको माग सहितको ज्ञापन पत्र तत्काल केन्द्रमा पठाउने बताए । तथ्य प्रमाणका आधारमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारयण वहादुर श्रेष्ठ नै हुन् भन्ने सत्य प्रमाण कसैले लुकाएर लुक्न नसक्ने उनको भनाई थियो । पत्रकार महासंघ केन्द्रले अझै गहन अनुसन्धान गरेर यसका बारेमा निर्णय गरेपछि सोही अनुसार अघि बढ्ने उनले प्रतिवद्धता जनाए । उनले अहिलेसम्मको विभिन्न लिखित दस्तावेजहरुले पनि सत्यनारयण वहादुर श्रेष्ठ नै नेपाल पत्रकार महासंघका संस्थापक भएको खुल्न आएकोले यस विषयमा नेपाल पत्रकार महासंघ गम्भिर भएर निर्णयमा पुग्नु पर्छ भन्ने आफूलाई लागेको वताए । उनले यस विषयमा फोनिज र पत्रकार महासंघ वित वसेर जिम्ेमवार प्रतिनिधिले वहस, छलफल गरेर टुङ्गयाउनु पर्ने वताए । फोनिजले शुक्रवार देशव्यापी रुपमा नेपाल राज्यको सातै प्रदेश र केन्द्रमा नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको हो । बिहीबार सातै प्रदेशको जिल्ला शाखाहरु र शुक्रबार प्रदेश शाखाहरुले ज्ञापनपत्र बुझाएको छ ।
अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायणबहादुर श्रेष्ठ हुन भन्ने प्रमाणका रुपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । पत्रकार महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले गम्भीर विमति राख्दै आएको छ ।
प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै हुन् । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ । यसर्थ, नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग (फोनिज) जोड्दार माग गर्दछौँ ।’ ज्ञापनपत्रमा भनिएको छ ।
-
Mr. Admin