Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा कृत्रिम दुर्घटना अभ्यास सर्वसाधरण छक्क

  •   ३ वर्ष अघि | २० असोज २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटा बसपार्कमा मानिसहरु भेला भइरहेका थिए। त्यसैविचमा एकातिरबाट एउटा गाडि र अर्कोतिरबाट एउटा मोटरसाइकल आइरहेका थिए । 

हेर्दा हेर्दै ती सवारी ठोकिएर भयंकर दुर्घटना हुन्छ। मोटरसाइकलमा सवार भुइमा अलपत्र अवस्थामा लडिरहेका हुन्छन्। त्यहिबेला कोही भने ‘ऐया मरे... बचाउ बचाउ, मत मरे बचाउ बचाउ’ भन्दै कोही कराउन थाल्छन। त्यसपछि मानिसको ठुलो हुल आएर गाडि चालकलाई मराणासन्न हुने गरि कुटपिट गर्छन्। लगत्तै एम्बुलेन्स, त्यस लगत्तै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका गाडि साइरन बजाउँदै गाउँमा पुगेर व्यक्तिगत सुरक्षा तयारीका साथ उद्धार कार्य तिब्र पार्छन् । 

खुल्ला ठाउँमा रेडक्रसकर्मीहरु प्राथमिक उपचार गर्न व्यस्त देखिन्थ्ये। गम्भीर घाइतेलाई थप उपचारका लागि एम्बुलेन्समार्फत अन्यत्र उपचारको लागि पठाउन थालिन्छ । झट्ट हेर्दा धनकुटाको बसपार्कमा ठुलै दुर्घटना भएजस्तो देखिन्थ्यो। तर, त्यहाँ वास्तविक कुनै दुर्घटना नभई जिल्ला विपद व्यवस्थापन समितिले आयोजना गरेको सडक दुर्घटनामा आधारित कृत्रिम घटना हो यो ।  

सवारी दुर्घटना आइलागे कसरी पूर्व तयारी गर्ने भनेर कृत्रिम घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य सम्बन्धी अभ्यास गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुष्यबिक्रम पौडेलले बताए । उनले दुर्घटना भएमा कसरी उद्धार कसरी गर्ने भन्ने, कसरी तयारी गर्ने र पूर्व तयारी गर्ने भन्नेबारे योजना बनाउन सहज हुने पौडेलले जानकारी दिए। दुर्घटनाका समयमा मानविय सहायता प्रदान गर्न र समुदाय स्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी भएको पौडेलको भनाइ छ । 

अझ नजिकदै गरेको चाडपर्वमा दुर्घटना कसरी कम गर्ने भन्ने तयारी गर्नपनि सहज भएको उनको भनाइ छ । नेपाल सरकारको विपद तयारी तथा प्रतिकार्य योजना मार्ग दर्शन २०६७ को प्रथम सशोधन २०७६ अनुसार कुनै पनि विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिसकेपछि त्यसलाई प्रमाणीकरण गर्न अभ्यास गर्नुपर्छ भन्ने मार्ग निर्देशन रहेको छ। 

  • Dhankutapress

थप