Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धपडतालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

  •   १ वर्ष अघि | २९ असार २०८२, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा चौबिसे गाउँपालिकमा पौडी खेल्ने क्रममा तालमा डुबेर एक युवकको सनिवार मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा जिल्लाको चौबिसे गाउंपालिका वडा नं.१ फेदापजुङ बस्ने जित बहादुर आले मगरका १७ बर्षिया छोरा अभिषेक आले मगर रहेका छन् ।

आज दिउंसो करिब ३ः३० बजे चौबिसे गापा २ स्थित धपड तालमा पौडी खेल्ने क्रममा डुबेर मगरको १७ वर्षिया मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

तालमा डुबेको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी मुढेवास र इलाका प्रहरी कार्यालय राजानीबाट खटिएको प्रहरीको उद्दार तथा खोजी टोलीले खोजतलास गरेको थियो । खोजतलासको क्रममा डुबेर बेपत्ता भएका आलेमगरको शव पोखरीमा फेला परेको डीएसपी खनालले जानकारी दिए । 

घट्ना पछि आले मगरको लास पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • d

थप