Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

हानिकारक अभ्यास न्यूनिकरणमा धर्मगुरुहरुको भूमिका महत्वपूर्ण हुने

  •   २ वर्ष अघि | ३० असार २०८१, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

इटहरी/अन्तर धार्मिक शान्ती संजाल महासंघ केन्द्रिय समितिको आयोजनामा धार्मिक सवालमा विश्वव्यापी आवधिक समिक्षा कार्यक्रम सुनसरीको इटहरीमा शुक्रवार सम्पन्न भएको छ ।  

अन्तर धार्मिक शान्ती महासंघका संस्थापक एवं लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीको प्रमुख आतिथ्यमा सम्पन्न धार्मिक सवालमा विश्वव्यापी आवधिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख भूपेन्द्र लावतीले भने–‘धार्मिक सवालमा राज्यलाई सचेत गराउन अन्तरधार्मिक शान्ति अभियान शुरु गरिएको हो ।’ 

उनले ‘सवै धर्मको चाहाना, अहिंशा र शान्तिको कामना’ भन्ने मुल नाराको साथ शुरु गरिएको अन्तरधार्मिक शान्ति महासंघको अभियानलाई राज्यले फरक ढंगले हेरिरहेकोले सचेत गराउनको लागि कार्यक्रम संचालन गर्नु परेको स्पष्ट पारे । उनले कार्यक्रमको उदेश्य अनुसारको सहभागी आजको कार्यक्रममा आफूले पाएको बताए । 

सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका पवन कुमार भट्टले नेपालको सवालमा मानव अधिकार कस्तो हुने भन्ने अझ्ै पनि समिक्षाको विषय भएको बताएका छन् । उनले भने–‘शान्ति महासंघको अभियानलाई सार्थक बनाउने हो भने नेपालमा रहेको सवै धर्महरु विच एक आपसमा समन्वय र सहकार्य हुनु पर्छ ।’ मानव अधिकारको नैतिक सवाललाई राज्यले सम्वोधन गर्न सक्नु पर्नेमा जोड दिदै भट्टले थपे–‘राजयले व्यवहारिक रुपमा कार्यन्वयनमा पनि उत्तिकै ध्यान दिनु पर्छ ।’ उनले राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश नं.१ मा भैरहेको मानव अधिकार उलंघनको घट्नालाई नजिकबाट हेरिरहेको बताए । 

सो अवसरमा अनौपचारिक सेवा केन्द्र इन्सेक केन्द्रिय कार्यालयका अधिवक्ता सम्जा श्रेष्ठले मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा (यूपिआर) का बारेमा सहजीकरण गरेका थिए । श्रेष्ठले धर्मग्रन्थहरुमा मानव अधिकारको अवधारणको सम्मान, युद्धको नियमहरु, नागरिकको आधिकारका लागि ऐतिहाशिक दस्तावेजहरुमा मानव अधिकारका सवालहरुका विषयमा सहजीकरण गरेका थिए । 

सो अवसरमा उनले मानव अधिकारहरुको संरक्षणसंग प्रत्याभूत हुने गरी नयाँ संविधान संशोधन गर्न सूझाव दिए । उनले जातिय विभेद विरुद्धका रिपार्टहरु २ बर्ष देखि संयुक्त राष्ट्रसंघमा किन पेन्डिङ बसीरहेको छ भन्दै प्रश्न गरे । गोष्ठीमा धार्मिक अल्पसंख्यक सम्वन्धि सरकारले गरेको समर्थन र नगरेको विषयमा पनि प्रष्ट पारेका थिए । साथै, नेपालमा न्याय, समनता लागि आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको विषयमा भईरहेको आन्दोलनमा विषयमा पनि विशेष छलफल भएको थियो । 

कार्यक्रममा अन्तरधार्मिक शान्ति महासंघका बिमला श्रेष्ठले ‘सवै धर्मको चाहाना, धार्मिक सदभाव र शान्तिपूर्ण समाजको स्थापना’ भन्ने मूल नाराको साथ ०७६ सालमा स्थापना भएको स्पष्ट पारे । उनले शान्ति महासंघको उदेश्यहरु, सदस्य संस्थाहरुको कति छन्, काम गर्ने कार्यशैलीहरु, हानिकारक अभ्यास न्यूनिकरणको लागि धर्मगुरुहरु मार्फत सचेतना धार्मिक प्रवचन कार्यक्रमको प्रभावकारिताका वारेमा प्रष्ट पारेका थिए । अन्तर धार्मिक शान्ति महासंघको गतिविधिलाई मिडियाले प्रभावकारी ढंगले सातै प्रदेशमा उठाईरहेको भएपनि राज्यले जहिले पनि शंकाको घेराले हेरिरहेको विषय सहभागि माँझ गम्भिर छलफल भएको थियो । 

अन्तर धार्मिक शान्ति महासंघ नेपालका केन्द्रिय अध्यक्ष रामभक्त कुरुङवाङको अध्यतामा सम्पन्न कार्यक्रममा धर्महरु हिन्दु धर्मबाट राजेन्द्र प्रसाद ढकाल, वौद्ध धर्मबाट सोनाम लामा, वहाई धर्मबाट धरणी प्रसाद विश्वास, इस्लाम धर्मबाट विसिर खान लगायतले धर्मका विषयमा राज्यले गरिरहेको विभेदका वारेमा आ–आफ्नो धारणा राखेका थिए । साथै राजनीतिक दलहरुको तर्फबाट संघीय लिम्वूवान मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङ्गदेन ‘मिराक’ ले प्रदेश १ मा चलिरहेको पहिचानको आन्दोलन र आन्तरधामर््िक महासंघको भूमिकाका विषयमा आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष शंम्भू अधिकारी, फोरेनका अध्यक्ष एवं वरिष्ठ पत्रकार यज्ञ शर्मा, फोनिज प्रदेश अध्यक्ष एवं ब्लाष्ट टाईम्स दैनिकका सम्पर्क अधिकृत सन्तवीर लामा, खस एकता समाजका देवेन्द्र किशोर ढुङ्गाना, नेफिन प्रदेशका अध्यक्ष ध्रुर्व सुब्बा, कियाचुका केन्द्रिय सदस्य जीवन शेर्मा, अन्तर धार्मिक शान्ति महासंघ मोरङका पुर्व अध्यक्ष मित्रसेन योन्जन, हालका अध्यक्ष सुमन कुरुङ्गवाङ्ग, एमालेका राजकुमार गिरी, जनमुक्ति पार्टीका एल्डी पालुङ्गवा, पहिचानवादी नेता पदम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।   

  • dhankutapress

थप