Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

  •   ३ वर्ष अघि | २३ माघ २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा–६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो ।

 टुँडिखेलमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले सँधै सहयोग गर्ने धारणा राखे । उनले महालक्ष्मीको दमारमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिताका लागि जाने खेलाडीहरूलाई गाडीको व्यवस्था मिलाइदिने प्रतिवद्धता पनि जनाएका छन् । सो अवसरमा बोल्दै जिल्ला खेलकुद विकास समिति अध्यक्ष मनोज राई, एनप्याब्सनका प्रदेश अध्यक्ष राजन पौडेल लगायतले प्रतियोगिता सफलताको शुभकामना दिए ।

प्रतियोगिता उद्घाटनका क्रममा टुँडिखेलमा विद्यार्थीहरूले मार्चपास गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटा नगर क्षेत्रका १४ विद्यालयका विद्यार्थीहरू सहभागि रहेको आयोजक गोकुण्डेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईँले जानकारी दिए । प्रतियोगितामा दौड, मार्सलआर्ट, भलिबल लगायत १४ प्रकारका खेल हुनेछन् ।

महिला र पुरुष दुवैतर्फ हुने प्रतियोगिताका विजेताले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भाग लिन पाउनेछन् । यही माघ २६ र २७ गते महालक्ष्मी नगरपालिकाको दमारमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता प्रतियोगिता हुँदैछ ।


  • Dhankutapress

थप